महाशिवरात्रिका अवसरमा आएका साधु सन्तकाे बिदाइ
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ‘बी’ का अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । पाकिस्तानको लाहोरमा हुने खेल दिउँसो पौने ३ बजे शुरू हुने छ ।
च्याम्पियन्स ट्रफीको समूह ‘बी’ मा इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिँदा दक्षिण अफ्रिका, अस्ट्रेलिया र अफगानिस्तान अन्तिम चारमा पुग्ने सम्भावना कायमै छ ।
समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको आजको खेल पछि टुङ्गो लाग्नेछ । आज विजयी हुने टोली सेमिफाइनलमा पुग्दा पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
यसअघि हिजो समूह ‘ए’का पाकिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण टस पनि नभइ रद्द भएको थियो । गएको मङ्गलवार वर्षाका कारण समूह ‘बी’ को अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल पनि रद्द भएको थियो ।
नेट रन रेटका आधारमा बङ्गलादेशले तालिकाको तेस्रो स्थानमा र पाकिस्तानले पुछारमा रहेर प्रतियोगिता सकाएको छ । यो समूहबाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।