उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – आज मंगलबार विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ७८३ जना नेपाली स्वदेश फर्किएका छन् । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्कन नपाएका र रोजगारीका लागि गएकाहरु फर्किएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतारको दोहाबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४४ जना नेपाली आज स्वदेश फर्किएका छन् । कतारमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो दोस्रो उडान हो ।
त्यस्तै आज पनि कुवेतको जजिरा एअरलाइन्सको चार्टर्ड उडानमार्फत त्यहाँ आममाफीमा सहभागी १६० जना नेपालीलाई निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको छ । गैरकानुनी श्रमिकलाई आममाफीमा सहभागी गराएर कुवेत सरकारले दिनहुँजसो निःशुल्क रुपमा काठमाण्डौसम्म आफ्नै जहाजमार्फत पठाइरहेको छ ।
यस्तै आज बैंककबाट पनि ७८ जना स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत उनीहरु नेपाल फर्किएका हुन् भने आजै अस्ट्रेलियाको सिड्नीबाट पनि त्यहाँ रोकिएका नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड वाइडबडी जहाजमार्फत २५८ जना आज स्वदेश फर्किएका हुन् । फर्कनेमा आफन्त भेट्न अस्ट्रेलिया गएका अभिभावक रहेका त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । माल्दिभ्ससबाट १४३ जना स्वदेश फर्किएका छन् ।
यस्तै आज विभिन्न देशमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज नेपाली लिन जाने भएका छन् । केही देशका लागि जहाज उडिसकेका छन् भने केही देशमा जाँदैछन् । भोलि विभिन्न ५ देशबाट नेपाली स्वदेश फर्कनेछन् ।
विमानस्थलकाा अनुसार हिमालय एअरलाइन्समार्फत साउदीको दमामबाट भोलि १५४ जना स्वदेश फर्कनेछन् भने हिमालयकै चार्टर्ड उडानमार्फत भोलि नै यूएईको आबुधाबीबाट एक सय ५४ जना फर्कनेछन् । हिमालय एअरलाइन्सकै चार्टर्ड उडानमार्फत भोलि कुवेतबाट पनि १५४ जना नेपाली स्वदेश फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
भोलि साउदीको जेद्दाबाट पनि नेपालीहरु फर्कंदैछन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरु फर्कने तालिका रहे पनि कति नेपाली फर्कन्छन् भन्ने खुलाइएको छैन । इस्तानबुलबाट टर्किस एअरलाइन्समार्फत २८० जना फर्कने तालिका रहेको छ ।
नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज भोलि पाँच ठाउँमा नेपाली लिन जानेछन् । भोलि राति हिमालय एअर यूएईको आबुधाबी र कतारको दोहा जाँदैछ भने नेपाल एअरलाइन्स जापानको नारिता, कुवेत र साउदीको जेद्दा जाने उडान तालिका रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।