कुवेत सरकारले आज पनि ल्याइदियो १६६ नेपाली

 असार ७, २०७७ आइतबार १२:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेत सरकारले आज पनि त्यहाँ आममाफीमा सहभागी १६६ जना नेपालीलाई काठमाण्डौसम्म ल्याइदिएको छ । भिसाको अवधि सकिएर नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गर्दा लागेको जरिवाना माफ गर्दै कुवेतले आममाफीको अवसर दिएर निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो । फर्कनेमा १ जना पुरुष, पाँच वर्ष मुनीका ५ जना बालबालिका, एक जना ५ वर्षमा माथिका बालक र १६९ जना महिला रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

आममाफीमा सहभागी सबैलाई आफैंले सेल्टरको व्यवस्था गरेको कुवेतले दिनहुँ नेपालीहरुलाई काठमाण्डौ ल्याइरहेको छ । झण्डै तीन हजार नेपाली आममाफीमा सहभागी छन् । कुवेतबाट आजसम्म ७ उडानमार्फत एक हजार ६४ जना नेपाली स्वदेश फर्किएका छन् ।

आजै साउदीको रियाद, यूएईको आबुधाबी र कतारको दोहाबाट नेपालीहरु काठमाण्डौ आइपुगेका छन् । यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली फर्किएका हुन् ।

नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ । त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् । यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिएको छ ।

यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको हो । आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमार्फत स्वदेश फर्काइने एयरलाइन्सले जनाएको छ ।

यस्तै, कतारको दोहाबाट १४९ जना नेपाली स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडान नम्बर आर ए २३९२ मार्फत १४९ जना नेपाली स्वदेश फर्किएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, दोहाबाट सुत्केरी र गर्भवतीसहित ८२ जना महिला, तीनजना नाबालक र ६४ जना पुरुष स्वदेश फर्किएका छन् ।​ आज बिहान साउदीको रियादबाट पनि २४६ जना नेपाली स्वदेश आइपुगेका छन् । आजै यूएईबाट थप दुई उडानमार्फत नेपाली फर्कंदै छन् भने बहराइन, मलेसिया र बंगलादेशबाट पनि नेपाली स्वदेश फर्कंदैछन् ।

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया