मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिबाट आफू सन्तुष्ट नभएको बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थ समिति मात्रै नभएर आफू स्वयम् सन्तुष्ट नभएको बताउनुभएकाे हाे । उहाँले अर्थतन्त्रमा समस्या भए पनि पछिल्लो समय सुधार हुँदै गएको उल्लेख गर्नुभयाे ।
लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थमन्त्री पाैडेलले अर्थतन्त्र सुधारका लागि केही समय लाग्ने बताउनुभयो । उहाँले विदेशी मुद्राको सञ्चिति, तरलता, बैंकको ब्याजदर एकल अङ्कमा आएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको बताउनुभयो ।
सरकारले समस्याका चाङलाई एक/एक गरेर पन्छाउँदै उपलब्धि आर्जन गर्नुपर्ने र त्यसका लागि सार्थक प्रयास चालिरहेको अर्थमन्त्री पाैडेलले बताउनुभयाे । उहाँले शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेशन नियन्त्रणमा निरन्तर काम भइरहेको उल्लेख गर्नुभयाे । पछिल्लो समय शेयर बजार केही सुधार हुँदै गएको भन्दै उहाँले नेपाल धितोपत्र बोर्डले पनि लामो समयपछि नेतृत्व पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘अर्थतन्त्रमा समस्यामा छ, केही कठिनाइ छ । यो अस्वीकार गर्नुपर्ने विषय होइन । तर क्रमशः हाम्रा समस्या समाधान हुँदै गएका छन् र सुधारका काममा सफल हुँदै पनि गएका छौँ । लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिँदैन । यसका लागि केही समय लाग्छ, हामीले निरन्तर प्रयास गरिरहेका छौँ । अहिलेको आर्थिक प्रगतिबाट म स्वयम् सन्तुष्ट छैन, यहाँहरू पनि हुनुहुन्न । सरकारले अर्थतन्त्र सुधारमा धेरै प्रगति गर्नुछ । राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा हामी निरन्तर काम गरिरहेका छौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।