कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन

 मंसिर २६, २०८१ बुधबार १८:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले आठ वटा भ्रातृ संस्थाको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले निर्देशन समिति संयोजक र सदस्यहरू मनोनीत गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । चैतभित्रै महाधिवेशन गर्न सहजीकरणका लागि निर्देशन समिति गठन गरेको कांग्रेसले जनाएको छ ।

नेपाल दलित सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार चयन हुनभएको छ । यस्तै नेपाल महिला सङ्घमा पार्टी प्रवक्ता प्रकाशशरण महत, नेपाल किसान महासङ्घमा केन्द्रीय सदस्य रमेश रिजाल र नेपाल भूतपूर्व सैनिक सङ्घमा केन्द्रीय सदस्य एनपी साउद संयोजकमा चयन हुनुभएको छ ।

यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घमा केन्द्रीय सदस्य मधु आचार्य, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नेपाल थारू सङ्घमा केन्द्रीय सदस्य उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी सङ्घमा केन्द्रीय सदस्य गोविन्दराज पोखरेल चयन हुनुभएको कांग्रेसले जनाएको छ ।

यसअघि सभापति देउवाले असोज १६ गते नेपाल महिला सङ्घ, नेपाल तरूण दल र नेपाल विद्यार्थी सङ्घको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गर्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया