नेपाल—एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन र जलवायु प्रतिरोधी ...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डाै गुर्खाजले दाेस्राे जीत हात पारेकाे छ । आज भएकाे खेलमा काठमाण्डाैले लुम्बिनी लायन्सलाई १८ रनले हरायाे ।
काठमाण्डाैले दिएकाे १ सय ४ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनी १९ ओभर २ बलमा ८५ रनमा अलआउट भयाे । लुम्बिनीका सन्दीप जाेराले सबैभन्दा धेरै २६ रन बनाए । काठमाण्डाैका कप्तान करण केसीले ४, दिपेश कँडेलले ३ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे काठमाण्डाै १९ ओभर २ बलमा १ सय ३ रनमा अलआउट भयाे । काठमाण्डाैका भीम सार्कीले ३१ रन बनाए । लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।
याे जीतसँगै काठमाण्डाैले ४ खेलमा ४ अङ्क जाेड्दै तालिकाकाे पाँचाैं स्थानमा उक्लिएकाे छ । काठमाण्डाै प्लेअफ पुग्ने सम्भावना कायमै छ । लुम्बिनी भने एक खेलअघि नै लिग चरणबाट बाहिरिएकाे छ । लुम्बिनीले ६ खेल खेल्दा जम्मा २ अङ्क जाेडेकाे छ ।
एनपीएलमा आज भएकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सले जनकपुर बाेल्ट्सलाई ७२ रनले हराएकाे छ । याेसँगै जनकपुरकाे चार खेलकाे अपराजित यात्रा टुङ्गिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।