काभा भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा हेल्प नेपाल , आज पनि ...
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – माल्दिभ्सबाट १५६ जना नेपाली स्वदेश आइपुगेका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १५६ जना स्वदेश फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
समस्यामा परेको नेपाली लिन आज बिहान हिमालय एअरलाइन्सको जहाज माल्दिभ्सको माले गएको थियो ।
आजै साउदी, यूएई, कुवेत र कतारबाट पनि ४९५ जना नेपाली स्वदेश फर्किएका छन् । माल्दिभ्सबाट १५६ जनासहित आज मात्रै वैदेशिक रोजगारीमा गएका र कोरोनाको कारण समस्यामा परेका ६५१ जना नेपाली स्वदेश फर्किएका हुन् ।
साउदीको दमामबाट त्यहाँ समस्यामा परेको नेपालीको स्वदेश फिर्तीको लागि हिमालय एअरलाइनसले पहिलो चार्टर्ड उडान भरेको हो । साउदीबाट १५४ जना स्वदेश फर्किएका छन् ।
यस्तै, यूएईमा समस्यामा रहेका र दूतावासको प्राथमिकतामा परेको १४८ जना नेपाली पनि आजै स्वदेश फर्किएका छ्न् । आज धेरैजसो गर्भवती महिलाहरु फर्किएका छन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेकोमा महिलामध्ये ९४ जना गर्भवती छन् । १० जना बिभिन्न रोगका कारण बिरामी र १० जना रोजगारदाता भागेपछि अलपत्र परेका श्रमिक र ३ जना ज्येष्ठ नागरिकसमेत रहेका छन् । जहाजमार्फत एक जनाको शव पनि आएको छ ।
कुवेतमा आममाफीमा सहभागी १५० जना आज स्वदेश फर्किएका छन् । कुवेतले जजिरा एअरमार्फत दिनहुँ त्यहाँ आममाफीमा सहभागी नेपालीलाई नेपाल पठाइरहेको छ । यसअघि पाँच उडानमार्फत ७४८ जना स्वदेश फर्किसकेका छन् ।
त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ । आममाफीमा सहभागी झण्डै तीन हजार नेपाली छन् । उनीहरु सबैलाई कुवेतले निःशुल्क रुपमा ल्याइदिने छ । जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फर्काइएको छ । बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेकाले दूतावासले जनाएको छ ।
यस्तै कतारमा आममाफी पाएका ४३ जनालाई कतार सरकारले नै आज काठमाण्डौसम्म ल्याइदिएको छ । कतार एअरवेजको चार्टर्ड जहाजमार्फत ४३ जना आममाफी पाएका नेपाली र २० जनाको शव कतारले आज पठाइदिएको हो । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि रोकिएका शव कतारबाट एकैपटक आएको छ । कुवेतबाट २, साउदीबाट १ र यूएईबाट एक गरी आज मात्रै २४ जना नेपालीको शव ल्याइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bhuwan nepali
June 19, 2020, 7:39 p.m.सरकार म सडकमा सुत्नेलाई पनि उद्दार गरौँ न ...सार्है गाह्रो भयो दिन बिताउन ...बिना पैसा, कोठा पनि छैन / खाना खाबुस अनि अचार खाएर दिन बिताउँदैछु /सरकार सहयोग गर्नुपर्यो / भुवन नेपाली, दुबई 0552762476,