उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड बिमान उडेको छ । १ सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज केहीबेरअघि उडेको हो ।
आज फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ । फर्किनेमध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् ।
गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् ।
आज उडेको विमानमा एक जनाको शव पनि नेपाल पठाइएको छ । गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।
दूबई अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल २ बाट उडान भएको र अन्य राज्यबाट दुबई पुग्न लकडाउनका कारण समस्या भएकाले स्थानीय प्रहरीको अनुमति लिएर विमानस्थलसम्म पु¥याइएको हो ।
दूतावासको समन्वय तथा सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण ढिलै भए पनि समस्यामा परेका नेपालीको उद्धारमा दूतावास लागि परेर काम गरिरहेको र त्यसको नतिजा आजको उडानबाट देखिएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभएको छ ।
नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ३ सय ६० अमेरिकी डलर अर्थात झण्डै ४० हजार रुयैयाँ तिरेर टिकट काटेका छन् । नेपाल फर्किएका सबैको विमानस्थलमा निःशुल्क कोभिड परीक्षण गरिएको थियो ।
यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरबियाले उडान भर्ने अनुमति पाएका छन् ।
नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार यूएको समय अनुसार बिहान ११ बजे हुने नेपाल एयरलाइन्सको यूएई हेर्ने अधिकारिक एजेन्सी एन्टाका सजु पौलले उज्यालोलाई जानकारी दिनुभयो ।
स्वदेश फर्कन चाहनेको दूतावासले सम्बन्धित एयरलाइन्समा जानकारी गराएपछि त्यसकै आधारमा एयरलाइन्सले सम्बन्धित व्यक्तिहरुलाई उडान हुने मिति र टिकट काट्ने स्थानका बारेमा जानकारी गराउने नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर टिकाराम पङेनीले बताउनुभयो ।
पहिलो चरणमा यूएईबाट नेपाल एयरलाइन्सले दुई, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेबियायाले ३/३ वटा उडान भर्ने दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।
बिनय
June 19, 2020, 10:49 a.m.भेदभाव भयो ....यु ए इ वाट नेपाल एयरलाइन्सले 360 मा लग्यो तर एयर अरेबिया र फ्लाइ दुबई बाट जानेले 500 डलर तिर्नुपर्ने ....यो कस्तो नियम हो दूतावासको? हामी त झन शोषणमा पर्ने भयो।
Gurung bhai
June 19, 2020, 9:32 a.m.ढिलै भएपनि यहाँ नेपालीको उद्दार भएकोमा खुशी लाग्यो /
शिशिर दूरबस्तिको
June 19, 2020, 8:20 a.m.कहिले काहीँ खुशी खुशीमात्रै नभएर आँशु पनि हुने गर्छ। लामो समय कष्ट सहेर देश फिर्न पाउँदा चेहरामा देखिएको खुशी अबर्णनिय लाग्यो। भनै म मेरो आफ्नै कोठामा बसेर फोटोमा हेरेको किन न हुँ। तस्वीर हरू बोल्छन् कसैले त्यसै कहाँ भनेका रैछन र आखिर? ढिलो भए पनि युएईको दूतावासले गरेको यो पहल राम्रो छ। त्यसकालाई धन्यवाद दिनै पर्छ। म पनि मेरो कुम्लो कुटुरो तयार गर्ने सुर गर्दैछु। जे होला देखा जाएगा जिन्दगी जिउन अब प्रवास नछोडी नहुने मानेको छु।
Shailendra Kumar Kharel
June 19, 2020, 4:51 p.m.I really appreciate the hard work of UAE Embassy for we Nepalese, to make such flights coordinating with multiple agencies of UAE and in Nepal. I am on Unpaid leave too for last 3 months and for another 3 months, still waiting with hope of justice for my outbond flight from UAE by great help of NEPAL EMBASSY OF UAE. Many financial difficulties, serious helth effects that I am suffering from, at present. I request our embassy to list me in next available flights or at the earliest. Praying for safe and healthy stay, and travel to Nepal. Many Thanks to reporters of this news channel and the hard workers from our Embassy at UAE. Regards, Shailendra 0526097140