शुक्रबार पाँच देशबाट नेपाली स्वदेश फर्कंदै

 असार ४, २०७७ बिहीबार २१:१५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पाँचवटा उडान हुने भएको छ ।

साउदी, यूएई, कुवेत, कतार र माल्दिभ्सबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि प्रत्येक देशबाट एक एक उडान हुने भएको हो । यूएईबाट नेपाल एअरलान्समार्फत १४८ जना स्वदेश फर्कने छन् । स्वदेश फर्कनेमध्ये अधिकांश गर्भवती महिला रहेका दूतावासले जनाएको छ ।

जहाज यूएईको स्थानीय समयअनुसार राती १ बजेर २५ मिनेटमा दुबईबाट काठमाण्डौका लागि उड्नेछ । बिहान काठमाण्डौ आइपुग्नेछ। जहाजले एउटा शव पनि ल्याउने छ । यस्तै भोलि नै साउदीबाट १८० जना काठमाण्डौ फर्कनेछन् ।

हिमालय एअरलाइन्सको जहाज आज राति साउदीबाट नेपालका लागि उड्नेछ । भोलि बिहान ६ बजेर ५० मिनेटमा काठमाण्डौ आइपुग्नेछ । यस्तै माल्दिभ्सबाट पनि भोलि १५० जना स्वदेश फर्कनेछन् । भोलि नै कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कने छन् । तर कुवेत र कतारबाट कति नेपाली फर्कन्छन् भन्ने सङ्ख्या भने यकिन भएको छैन ।

अन्तिम अपडेट: मंसिर २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Baburam Pantha

    June 19, 2020, 2:48 a.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया