विदेशमा रहेका सबै नागरिकलाई स्वदेश फर्किन सिरियाली प्रधानमन्त्...
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – कतारबाट कोरोना जाँच नगरी नेपालीहरु स्वदेश फर्काइने भएको छ ।
कतार सरकारले निजी स्वास्थ्य संस्थालाई कोरोना परीक्षण गर्ने अनुमति नदिएकाले त्यहाँबाट स्वदेश फर्कने नेपालीको सामान्य ज्वरो मात्र जाँच गरेर स्वदेश पठाइने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाल सरकारले तोकेअनुसारको स्वदेश फर्कने नेपालीको साथमा कोरोना जाँचको प्रमाणपत्र साथमा राखेर फर्कन सम्भव नभएको दूतावासले स्पष्ट पारेको छ ।
दूतावासले भनेको छ, ‘दोहाबाट फर्कने नेपालीको विमानस्थलमा ज्वरो मापन गरिने छ, साथै "Ehteraz मोबाइल एप’ मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने छन् ।’ यो कतार सरकारले जारी गरेको एप हो । त्यसैले स्वदेश फर्कने नेपालीलाई यो एप अनिवार्य रुपमा चलाउन पनि दूतावासले अनुरोध गरेको छ । यो एप डाउनलोड गरेर कतारी आईडी, भिसा नम्बर राखेर आफूलाई दर्ता गर्न सकिन्छ ।
कतारबाट पहिलो उडान पर्सि शनिबार नेपाल एअरलाइन्सले भर्दैछ । अर्को उडान जुन २२ र २४ मा हिमालय एअरलाइन्सले भर्नेछ ।
कतारबाट नेपाल एअरलाइन्सको पहिलो उडानमार्फत १७४ जना फर्कने छन् । यो सूची कतारको सम्बन्धित निकायले पारित गरिसकेको छ । यस्तै हिमालय एअरलाइन्समार्फत जुन २२ मा हुने उडानमार्फत स्वदेश फर्कने १७४ जनाको सूची दूतावासले तयार गरेको छ ।
जुन २४ मा हिमालयबाट स्वदेश फर्काउन १७३ जनाको सम्भावित सूची दूतावासले सार्वजनिक गरेको छ ।
नेपाल एअरलाइन्सले कतारबाट अर्को उडान पनि भर्नेछ । तर मिति भने तय नभएको दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।