दुई बालबालिकासहित बंगलादेशबाट स्वदेश फर्किए १५५ नेपाली

 असार ३, २०७७ बुधबार १४:५३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बंगलादेशबाट १५५ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । त्यहाँ समस्यामा परेका नेपालीहरु हिमालय एअरलाइन्सबाट केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । फर्कनेमा ३६ महिला  ११९ पुरुष र २ जना दुई वर्ष मुनीका बालबािलका रहेका छन् ।

हिमालय एअरलाइन्स ढाकातर्फ बिहान ८ बजेर १५ मिनेटमा ७ जना नेपाली र ९ जना विदेशी नागरिक लिएर उडेको थियो । यसअघि शुक्रबार ढाकाबाट २५८ जना नेपाली स्वदेश फर्किएका छन् ।

आजै कुवेतबाट १५० जना महिला पनि स्वदेश फर्किसकेका छन् । उनीहरुलाई जजिरा एअरले कुवेतबाट नेपाल ल्याइदिएको हो । कुवेत सरकारले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा काठमाण्डौसम्म ल्याइदिएको हो ।

आजै सिङ्गापुर र थाइल्याडको बैंककबाट पनि नेपालीहरु स्वदेश फर्कदै छन् ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया