उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ - दाङमा विभिन्न अभियोगमा फरार रहेका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बलात्कार प्रयास र ज्यान मार्ने उद्योगका आराेपितहरु रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएकाे जेठ ६ गते एक बालिकालाई बलात्कार प्रयास गरेकाे आरोप लागेका शान्तिनगर गाउँपालिका वडा नम्बर-२ बस्ने २३ वर्षीय अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनी विरुद्ध जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्धा दर्ता भएको छ ।
यस्तै ज्यान मार्ने उद्योगमा फरार रहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर-५, रानीजरुवा बस्ने २१ वर्षीय विष्णु बुढाथोकी र २० वर्षीय पक्षी भन्ने खिम बहादुर विक रहेको प्रहरीले जनाएको छ ।
गएकाे जेठ ३० गते त्यसै ठाउँका ४७ वर्षीय टिकाराम पुनमाथि आक्रमण गरी निर्घात कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।