विदेशबाट फर्कनेको सीप र अनुभवलाई जोड्ने कार्यक्रम ल्याउँछु : श्रम मन्त्री यादव

 जेठ ३०, २०७७ शुक्रबार १५:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशबाट फर्किएकाक‍ो सीप र अनुभवलाई सदुपयोग गरी रोजगारीमा जोड्ने कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।

बिहीबार निर्माण व्यवसायी महासंघका अध्यक्ष लगायतका पदाधिकारीसँगको छलफलमा श्रम मन्त्री यादवले विदेशबाट फर्कनेको सीप र अनुभवलाई जोड्दै रोजगारी र स्वरोजगारीमा जोड्ने ठोस कार्यक्रम अघि बढाउने बताउनुभएको हो ।

आन्तरिक रोजगारीका लागि सरकारले अपनाउनुपर्ने नीतिगत र कार्यक्रमगत सुधारलाई अन्तर निकाय समन्वय गरी सम्बोधन गरिने र सीपमूलक तालिम र इन्टर्नसीपका कार्यलाईसमेत प्रभावकारी संयोजन गर्दै जाने मन्त्री यादवले बताउनुभएको छ ।

अब स्वास्थ्य सतर्कताका उपायसहित रोजगारीको न्यूनतम वातावरण बनाउन पहल गरिने प्रतिवद्धता समेत मन्त्री यादवले गर्नुभएको हो ।

नेपाल श्रम शक्ति सर्वेक्षणको पछिल्लो तथ्यांक अनुसार निर्माण क्षेत्रमा झण्डै १० लाख राेजगारी सृजना हुन्थ्याे । तर अहिले कोरोनाको कारण निर्माण क्षेत्रमा काम कम हुँदा यस क्षेत्रमा कार्यरत श्रमिकको रोजगारीमा असर परेको व्यवसायीको भनाइ छ

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया