उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – मलेसियामा एक हप्ताभित्र थप १४ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै मलेसियामा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८१ पुगेको मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियामा कोरानो सङ्क्रमित नेपालीमध्ये २२ जना निको भएका छन् । कोरोना सङ्क्रमित सबैजना पुरुष रहेका छन् ।
मलेसियामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या बढेको छ । अहिलेसम्म ८ हजार २४७ जनामा कोरोना सङ्क्रमण भएकोमा ६ हजार ५५९ जना निको भएका छन् भने १५ सय ७३ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा १ सय १५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
मलेसियाले कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको सङ्केत गर्दै मे ४ देखि लकडाउन पनि खुकुलो बनाएको छ । जुन ९ सम्म मलेसियाले लकडाउन गरेको छ । तर निश्चित मापदण्डसहित अहिले मलेसियामा आर्थिक गतिविधिहरु सुरु भइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।