उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – विदेशमा दुःख पाएका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । शुक्रबार बर्मामा रहेका २६ जना नेपालीलाई स्वदेश फर्काउने तयारी भएको हो । काम नभएर त्यहाँ अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकलाई नेपाली दूतावासको पहल र बर्माको सरकारको सहयोगमा नेपाल फर्काउन लागिएको हो ।
यस्तै, यूएईबाट पनि शुक्रबार नै प्राथमिकताको आधारमा केही नेपालीलाई स्वदेश ल्याइने सम्भावना रहेको छ । अहिले त्यस विषयमा छलफल भइरहेको र साँझसम्ममा यसबारे टुङ्गो लाग्ने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
‘तयारी भइरहेको छ, साँझसम्म निश्चित हुन्छ' राजदूत ढकालले भन्नुभयो, 'भोलि यहाँबाट पनि फर्कने सम्भावना छ, नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा लिस्ट बनाएका छौं, त्यसको आधारमा उडान भएमा झण्डै १७० जना यहाँबाट फर्कनुहुनेछ ।’ यूएईमा २१ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये १८ हजार ७ सय ७२ जनाले स्वदेश फर्कन इच्छा राखेका छन् ।
सरकारले यसअघि नै विदेशमा अति नै समस्यामा परेका नेपालीलाई पहिलो चरणमा उद्धार गर्ने निर्णय गरिसकेको छ । खाडी, मलेसिया र अरु देशमा रहेका नेपाली दूतावासले फर्कने नेपालीको विवरण संकलन र समन्वयको काम गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
yubraj paudel
June 5, 2020, 12:51 a.m.सर नमस्कार ,म युवराज पाैडेल पिपि न ०७९४५५२२ मैले एउटा कुरा जान चाहानछु कि बिदेशमा राेजगारि गुमाएर अलपत्र परेकाहरू पहिले जान पाउने कि लाखाै खच गरेर पढन जाने िबधाथि तेसैले हामिजसता वेराेजगारि लाई उदार गरियाेस ।
Bhuwan nepali
June 4, 2020, 4:12 p.m.सरकार हामी बाटोमा सुत्नेलाई केयर नै छैन / १० + इमेल पठाइसके , ब्यालेन्स हाल्न पैसा नै छैन ...तपाइँहरुले सार्है हेलाचेक्याई गर्नुभयो /