विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने

 जेठ २०, २०७७ मंगलबार २१:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – सरकारले विदेशबाट फर्कने प्रदेश नम्बर १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । यसको तयारीको अवस्थाबारे जानकारी लिन मङ्गलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले छुट्टाछुट्टै होल्डिङ सेन्टरको अनुगमन गर्नुभयो ।

सरकारले विभिन्न देशबाट फर्किएकामध्ये प्रदेश १ र २ का नागरिकलाई भक्तपुर तथा वाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का नागरिकलाई काठमाण्डौमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर जिल्लाका तोकिएको सेल्टरकाे होल्डिङमा राखेर मात्रै सम्बन्धित प्रदेशको समन्यमा जिल्ला–जिल्लामा पठाउने भएको छ । 

विदेशबाट फर्कनेको समन्वय गर्न सरकारले प्रदेश १ मा भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र प्रदेश २ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव संयोजकको जिम्मेवारी तोकेको छ । 

प्रदेश १ का नागरिकलाई सल्लाघारीको इम्पेरियर ब्यांकेट र प्रदेश २ का नागरिकलाई मध्यपुर थिमिको हेरिटेज ब्यांकेटमा राखिने भएको छ ।

नेम्वाङले सरकारले छिटोभन्दा छिटो विदेशमा समस्यामा रहेका नेपालीहरुलाई फर्काउने तयारी गरेको बताउँदै भारतलगायत अन्य देशबाट ल्याएका नेपालीलाई विमानस्थलबाट तोकिएको होल्डिङ सेन्टरमा राखेर मात्रै प्रदेशको समन्वयमा यातायातको व्यवस्था गरी पठाउने बताउनुभयो । 

अहिले आइपरेको समस्या समाधान गर्न सबैले आ-आफ्नो तर्फबाट जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिँदै उहाँले विमानस्थलबाट होल्डिङ सेन्टरमा ल्याएपछि खाने, बस्ने, स्वास्थ्य, फोटोसहितको फाराम भरेर यातायातको साधनमा राखेर पठाउनेसम्मको सहज व्यवस्थापन गर्न कुनै कमजोरी राख्न नहुने बताउनुभयो । 

विदेशबाट फर्कनेको प्रदेश र जिल्लामा कोरोना परीक्षण गर्न नपर्ने गरी सेन्टरमै आरडीटी परीक्षण गरेर पठाउनेबारेमा छलफल भइरहेको उहाँले बताउनुभयो । 

मन्त्री नेम्वाङले भन्नुभयो, ‘भारतबाट विमानमा आउने नागरिक र अरु देशबाट आउनेमा यहाँ आएपछि पनि कोरोना देखिन सक्छ । अहिले भारतबाट पैदल आएकाबाट कोरोना सङ्क्रमण जटिल समस्याका रुपमा आएको थाहै छ ।’  

अन्तिम अपडेट: मंसिर २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया