उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ – दाङको बङ्गलाचुली गाउँपालिका ५ का वडाध्यक्षमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा वडाध्यक्षमा सङ्क्रमण देखिएकाे हो ।
भारतबाट आएकाहरुको उद्धार र व्यवस्थापनमा खटिएका ५४ वर्षीय वडाध्यक्षमा कोरोना देखिएपछि बङ्गलाचुलीका अन्य जनप्रतिनिधि र कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी भएको छ ।
मङ्गलबार दाङमा ८ थपिए
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलबार गरिएको कोरोना परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको छ । जसमा दाङका आठ जना र प्युठानका एक जना रहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिमार्फत गरिएको कोरोना परीक्षणमा दाङको बङ्गलाचुली गाउँपालिकाका ६ जना र राप्ती गाउँपालिकाका दुई जना गरी आठ जनामा सङ्क्रमण देखिएको हो ।
बङ्गलाचुली गाउँपालिका ७ का २९ वर्षीय एक पुरुष र बङ्गलाचुली ५ का १९, २७, ३१, ३२ र ५४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरु सरस्वती माध्यामिक विद्यालय जवरकोट र सुधा माध्यामिक विद्यालय झेल्नेटाको क्वरेण्टीनमा बस्दै आएका थिए ।
त्यसैगरी देउखुरीको राप्ती गाउँपालिका १ का १८ वर्षीय युवक र ९ नम्बर वडाका ५४ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । उनीहरु नवप्रतिभा आधारभूत विद्यालय र आदर्श माधयामिक विद्यालयको क्वरेण्टीनमा रहेका छन् ।
योसँगै दाङमा अहिलेसम्म ५१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
मङ्गलबार नै प्युठानको स्वर्गद्वाराी नगरपालिका ४ का ५९ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।