उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ – दाङको घोराही उपमहानगरपालिकामा सोमबार थप नाै जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमबार थपिएका नौ जनासँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ भने घोराही उपमहानगरपालिकामा १८ जना पुगेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिकाका १, २, ५ र १७ का व्यक्तिहरुमा सङ्क्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायममुकाय रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार कोरोना सङ्क्रमणको आशङ्कामा दाङको घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकाबाट सङ्कलन गरिएका दुई सय ३२ नमुना परीक्षण गर्दा नाै जनामा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरुमध्ये घोराही उपमहानगरपालिका १ का ३१ वर्षीय पुरुष र ११ वर्षीया बालिका रहेका छन् ।
त्यसैगरी घोराही उपमहानगरपालिका २ का २६, ४०,४५ र ४६ वर्षीय पुरुष रहेका छन् भने १९ वर्षीया एक युवती रहेकी छिन् । घोराही ५ का ५३ वर्षीय पुरुष र घोराही १७ का २० वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।