उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले १० दिनपछि स्वदेश ल्याउन सुरु गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ ।
शुक्रबार बसेको बैठकले भारतबाहेक तेस्रो देशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको र १० दिनपछि ल्याउन सुरु गरिने उपप्रधानमन्त्री पोखरेलको निजी सचिवालयले जनाएको छ ।
सबैभन्दा पहिला अबको १० दिनभित्र स्वदेश फर्कन चाहने र फर्काउन पर्नेको विवरण परराष्ट्र मन्त्रालयले सूची तयार गर्नेछ । सूची अनुसार नै प्राथमिकताको आधारमा श्रमिकलाई स्वदेश फिर्तीको कार्ययोजना बनाइने छ ।
स्वदेशबाट फर्किएका नागरिकलाई सरकारले दुई साता काठमाण्डौमै राख्ने र त्यसपछि कोरोना परीक्षण गरेपछि मात्रै आफ्नो जिल्ला पठाउने योजना बनाएको छ ।
दुई हप्ता काठमाण्डौमा बस्नका लागि सरकारले होटल र सार्वजनिक क्वारेण्टीनको व्यवस्था गर्नेछ । होटलमा बस्ने श्रमिकले आफैंले खर्च व्यर्होन पर्नेछ भने सार्वजनिक क्वरेण्टीनमा बस्नेका लागि सरकारले व्यवस्था गर्नेछ । प्रदेश अनुसार क्वरेण्टीन बनाउने र त्यही अनुसार फर्कनेको व्यवस्थापन गर्ने सरकारको योजना छ ।
पहिलो चरणमा यस्तै विभिन्न समस्यामा परेका झण्डै २५ हजार जनालाई ल्याउने परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । उहाँकाअनुसार परिस्थिति र प्राथमिकताको आधारमा यो सङ्ख्या केही बढ्न पनि सक्नेछ ।
सरकारले सबैभन्दा पहिला आममाफी पाएका, भिसाको अवधि सकिएका, घरफिर्ती केन्द्रमा रहेका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कन पर्ने, रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य समस्यामा रहेका, बालबालिका ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका तर कोरोनाको कारण फर्कन नपाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपाली तर नेपाल फर्कन पर्ने अवस्थामा रहेकालाई ल्याउने छ ।
यस्तै पर्यटन भिसामा, बिजनेश भिसामा गएर उतै रोकिएका, अध्ययन लगायतका सिलसिलामा गएका सरकारी कर्मचारी, कलेज बन्द भएर फर्कन पर्ने विद्यार्थीलाई ल्याउनेछ ।
सरकारले यसरी नेपाली ल्याउनका लागि सबैभन्दा पहिला नेपाल एअरलाइन्सलाई नै प्रयोग गर्ने छ । नेपाल बायु सेवा निगमले मात्र नभ्याएको खण्डमा अन्य बायुसेवा र विदेशी विमानसमेत चार्टर्ड गर्ने योजना छ । नेपालीको प्राथमिकीकरण गरिसकेपछि हवाइ उडानका लागि पर्यटन मन्त्रालयले समन्वय गर्नेछ ।
विदेशमा समस्यामा परेका श्रमिकको उद्धार र व्यवस्थापनका लागि सरकारले यसअघि नै प्रदेश अनुसार मन्त्रीहरुलाई जिम्मा दिइएको छ । जसअनुसार स्वदेश फिर्ता ल्याएईका श्रमिकलाई प्रदेश अनुसार जिम्मेवारी तोकिएका मन्त्रीहरुले आफ्नो ठाउँसम्म पुग्नका लागि समन्वय र सहजीकरण गर्नेछन् ।
सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजनको जिम्मेवारी दिएको छ भने प्रदेश २ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय, बागमतीमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री पार्वत गुरुङ र गण्डकी प्रदेशको संयोजनको जिम्मा भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई दिएको छ ।
यस्तै प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णाली प्रदेशमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशका लागि उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्ने गरी सरकारले जिम्मेवारी तोकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुसन के सि
May 30, 2020, 5:23 a.m.परदेशमा बस्न गारो भको आफ्नो नेपालमा केही गर्नी सोच घर परिवार को याद हरु मर्य नि आफ्नो देश आफ्नो माटाेमा रमाउन चाहान्छु!!!
naben kami
May 30, 2020, 4:59 a.m.भीसा नभएको , अनि तलव नदिएको २ वर्ष भयो ...बस्नको असुविधा , नेपाल जान चाहन्छु /please help me
देवराज खवास भुजेल
May 30, 2020, 2:58 a.m.नौ वर्ष भयो म दुबई आएको ...कोरोना आउनुभन्दा पहिला ठीकै थियो ...अहिले बिभिन्न कारण देखाउँदै पैसा काट्छ / ७०० बेसिक तलव छ , त्यसमा पनि २५% काट्छ र दिन्छ / ड्युटी ८ घण्टा छ , आफ्नो ज्यान पाल्न गाह्रो भो , अब घर तिर गएर परिवारसंग बस्ने निर्णय गरेको छु /
Sangge Thing
May 29, 2020, 9:29 p.m.म नेपाल फर्किन चाहन्छु /
CHALISE NIRAZAN
May 29, 2020, 7:49 p.m.हजुर भिजिट भिसामा आएकोलाई पनि फिर्ता गर्ने हो जापानमा /