विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – नेपालको आर्थिक वृद्धिदर एक प्रतिशतमै सीमित हुन सक्ने एक अध्ययनले देखाएको छ । नेपाली कांग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विशेष समितिले लकडाउनको अवस्था लम्बिँदै गएमा आर्थिक वृद्धिदर एक प्रतिशतमा सीमित हुन सक्ने जनाएको हो ।
प्रतिवेदनमा भनिएको छ, ‘तथ्याङ्क विभागले गएको महिना गरेको प्रक्षेपण अनुसार यो वर्षको वृद्धिदर २ दशलमलव ३ प्रतिशत हुने भए पनि लकडाउन लम्बिँदै गएको अवस्थाले गर्दा लगभग एक प्रतिशतमा झर्ने अनुमान हुन थालेको छ । होटल, रेस्टुरेन्ट, यातायात, उद्योग र निर्माण क्षेत्रको वृद्धिदर नकारात्मक हुनेछ ।’
यस्तै कोरोना महामारीको गम्भीर असर विदेशी मुद्रा आर्जनमा पनि पर्ने अध्ययनले जनाएको छ । कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत भाग ओगट्ने रेमिट्यान्समा ठूलो गिरावट आउने अध्ययनले देखाएको छ ।
गत वर्ष ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आयात भएकोमा यो वर्ष २० प्रतिशतसम्म कमी आउने विशेष समितिको निष्कर्ष छ ।
नेपाली कांग्रेसले पूर्व अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्ले, जगदीशचन्द्र पोख्रेल, गोविन्द पोख्रेल, पृथ्वीराज लिगललगायतका अर्थशास्त्री समेटेर विशेष समिति बनाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।