कुवेतमा आवासीय भिसाको म्याद थप तीन महिना बढाउन सकिने

 जेठ ११, २०७७ आइतबार १२:०:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – कुवेतमा अस्थायी आवासीय भिसाको म्याद थप तीन महिना बढाउन सकिने भएको छ ।

मे ३१ तारिखसम्म अस्थायी आवासीय भिसाको म्याद भएका नेपालीसहित विदेशी नागरिकले  आफ्नो स्पोन्सरमार्फत तीन कुवेती दिनार शुल्क तिरेर भिसाको म्याद तीन महिना थप गर्न सकिने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

योभन्दा पहिले कुवेत भित्र रहेका र फेब्रअरी २९ सम्म आवासीय भिसा सकिएकाहरुको मे ३१ अर्थात तीन महिनाको लागि भिसाको म्याद स्वतः थप हुने निर्णय भएको थियो । मे ३१ मा यो समय सकिने भएकाले अब ३ कुवेती दिनार शुल्क तिरेर भिसाको म्याद थप्न सकिने भएको हो । 

दूतावासले जना अनुसार म्याद थप गर्नको लागि आफ्नो स्पोन्सर (रोजगारदाता)सँग सम्पर्क गर्ने र https://eres.moi.gov.kw/individual/ar/auth/login  यस वेबसाइटमा गइ  रजिष्टर नगरेका स्पोन्सरले रजिष्टर गर्नुपर्ने हुन्छ । पहिले रजिष्टर भइसकेका स्पोन्सरले लगइन मात्र गरे पुग्छ । 

रजिष्टर अथवा लगइन गरिसकेपछि स्पोन्सरले आफ्नो नाम र फोन नम्बर भरेर ग्यारेन्टी नोटमा क्लिक गर्नुपर्ने र त्यसपछि रिन्युअलमा क्लिक गर्नुपर्ने दूतावासले जनाएको छ ।

यस्तै कुवेतको नीजि क्षेत्रमा कार्यरत कामदारहरुलाई कुवेत सरकारले राहतको व्यवस्था गर्ने भएको छ ।

दूतवासका अनुसार राहत प्राप्त गर्नको लागि https://mosa.paci.gov.kw/Client/Home/ApplyRequests वेबसाइटमा गइ सिभिल आईडी नम्बर, सिभिल आईडीको पछाडि रहेको सिरियल नम्बर र मोबाइल नम्बर सहित आवेदन दिन सकिने छ ।

पारिवारिक भिसामा रहेकाले भने राहतको लागि https://centralaid.mosal.gov.kw मा गइ आवेदन दिन सकिने दूतावासले जनाएको छ ।

 

अन्तिम अपडेट: मंसिर २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया