जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो
मंसिर २७, २०८१ बिहिबार
कतार – कतारले जुनसुकै कामले बाहिर निस्कंदा पनि मास्क नलगाए कडा कारबाही गर्ने भएको छ । कतारको मन्त्रीपरिषदको बुधबार बसेको बैठकले आउँदो आइतबारदेखि लागू हुने गरी गाडीमा चालक एक्लै यात्रा गर्दा बाहेक घर बाहिर जुनसुकै कामले निस्कंदा पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको हो ।
मास्क प्रयोग नगरेमा कानुन अनुसार तीन वर्ष जेल सजाय र दुई लाखसम्मको जरिवाना वा दुईमध्ये एक सजाय हुने निर्णयमा उल्लेख गरिएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले कतार सरकारको यो नियम पालना गर्न त्यहाँ कार्यरत सबै नेपालीलाई अनुरोध गरेको छ । कतारले यसअघि निश्चित क्षेत्रमा मात्र अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरेको थियो । अब सबैका लागि यो नियम लागू गर्ने निर्णय भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।