एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ - गाडीहरुबाट हुन सक्ने कोरोनाको जोखिम कम गर्न काठमाण्डौ भित्रिने मुख्य नाकामा डिस्इन्फेक्सन टनेल बनाइएको छ । काठमाडौ भित्रिने नागढुङ्गा र जगाती दुई ओटा नाकामा सुन्दर यातायात प्रालिले डिस्इन्फेक्सन टनेल बनाएको हो ।
सुन्दर यातायात सञ्चालक समिति, कर्मचारीको तलब र सुन्दर यातायात प्रालिको कोषको रकमबाट प्रति टनेल दुई लाख पचास हजार रुपैयाँको लागतमा टनेल बनाइएको सुन्दर यातायात प्रालीले जनाएको छ ।
टनेलले कसरी काम गर्छ ?
नागढुङ्गा र जगाती भएर काठमाण्डौ भित्रिने एकतर्फी गाडीहरुका लागि मात्रै टनेल बनाइएको छ । यसरी बनेको टनेलमा गाडी भित्र छिर्छन् र गाडीको बाहिर भागमा सोडियम हाइड्रो क्लोराइड, स्वीमिङ पुलमा प्रयोग हुने केमिकल र पानीको घोल छर्किइन्छ । त्यसपछि टनेलबाट निस्किने गाडी कोरोनाको जोखिमबाट निर्मूल भएर बाहिर आउँछ ।
मानिसलाइ प्रत्यक्ष रुपमा यो घोल छर्किन नमिल्ने भएकाले टनेलमा गाडी मात्रै प्रवेश गराइन्छ । मोटरसाइकल र मानिसलाई टनेलमा जान दिइँदैन । डिस्इन्फेक्सनको घोल गाडीको बाहिरी बनोटमा मात्रै छर्किइन्छ ।
काम कसरी भइरहेको छ ?
२४ सै घण्टा चल्ने यो टनेलमा दैनिक भित्रिने गाडीहरुका लागि ४–५ हजार लिटर डिस्इन्फेक्सन औषधिको प्रयोग गरिने सुन्दर यातायातका अध्यक्ष भेष थापाले बताउनुभयो ।
फर्पिङ र नुवाकोट भएर काठमाण्डौ भित्रिने नाकामा पनि टनेलबनाउनको लागि काम सुरु भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
सरकारको तर्फबाट टनेल सञ्चालनका लागि पानी, विद्युत र पानीको ट्याङ्की मात्रै सहयोग गरेको उहाँले बताउनुभयो । टनेल बनाउन लागेको रकम, उपकरण, प्राविधिक काम सबै सुन्दर यातायातले गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।