उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ – दाङको घोराही उपमहानगरपालिकाले लकडाउनका कारण छाक टार्न कठिन अवस्थामा पुगेका श्रमिकहरुलाई रोजगार दिने भएको छ । उपमहानगरले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दैनिक छाक टार्न समस्या परेका श्रमिक वर्गलाई रोजगारी दिने र दैनिक ज्याला नगद नै उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरको ७९ औँ कार्यपालिका बैठकले लकडाउन लम्बिँदै जाँदा श्रमिकहरु मारमा परेको र छाक टार्न समस्या भएकालाई भौतिक दुरी कायम गर्दै काम गर्ने र दैनिक पाँच सय १७ रुपैयाँ ज्याला दिने निर्णय गरेको हो ।
अहिले झण्डै तीन हजार घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको र लकडाउन लम्बिँदै जाँदा विकल्पको रुपमा रोजगारीको कार्यक्रम सिर्जना गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणबाट बच्न भौतिक दुरीलाई कायम गर्दै नाला सफाइ, सडक मर्मत, पर्खाल निर्माण, सरसफाइलगायतका काममा लगाउने र दैनिक ज्याला दिने उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्वीकृत आयोजनाहरुमध्ये प्रत्येक वडामा न्यूनतम एक आयोजना पर्ने गरी स्वीकृत आयोजना मध्येबाटै प्राथमिकता अनुसारका आयोजना छनाेट गरी निकासा भएको बजेटकै सीमाभित्र रही आयोजना सञ्चालन गर्ने उपमहानगरले निर्णय गरेको हो ।
चालु आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ६१ लाख ३० हजार रुपैयाँ बजेट आएको छ । राहत वितरणले धान्न नसक्ने देखिएपछि भौतिक दुरी कायम गर्दै काम दिने र दैनिक ज्याला दिने निर्णय भएको उपमहानगरको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।