कुवेतमा कोरोना सङ्क्रमण बढेसँगै रोजगारी गुम्ने खतरा

 वैशाख १७, २०७७ बुधबार १७:४१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  कुवेतमा कोरोना सङ्क्रमण बढेसँगै नेपाली श्रमिकको रोजगारी गुम्न सक्ने खतरा बढेको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले रोजगारीमा समस्या आउन सक्ने बताउनुभएको हो ।

दूतावासमा रोजगारदाता सम्पर्कमा नआउँदा खाद्यान्न समस्या हुने, होटल, रेस्टुरेन्ट, सैलुन लगायतका क्षेत्रमा काम गर्ने श्रमिक र भिसा रद्द गरेर पनि नेपाल फर्कन नपाएकाहरुले दूतावासमा सम्पर्क गर्न थालेका छन् ।

‘कति कम्पनीलेहरुले थोरै तलबमा काम लगाउनेदेखि, कतिलाई बेतलबी बिदामा राख्नेसम्म गरेका छन्,’ राजदूत भण्डारी भन्नुहुन्छ, ‘तर क्वारेण्टीनमा कहिलेसम्म राख्ने, धान्न सकिंदैन कि भन्ने कुरा पनि आइरहेको छ, यहाँ कर्फ्युको अवस्था छ ।’

होटल, सैलुन, ब्युटीपार्लर लगायत र साना कम्पनीमा कार्यरत नेपाली श्रमिकको रोजगारीको निरन्तरतामा नकारात्मक प्रभाव पर्न सक्ने र रोजगारी नै गुम्नसक्ने अवस्था पनि रहेको उहाँले बताउनुभयो । 

कम्पनीमा करार पनि सकिएका र स्वदेश फर्कन ठिक्क परेकाहरु उडान बन्द हुँदा धेरै जना रोकिएका छन् । यसरी रोकिएका श्रमिकलाई कुवेतका ठूला कम्पनीहरुले जहाज चार्टर गरेर पठाउने योजना बनाईरहेको पनि राजदूत भण्डारीले बताउनुभयो ।

तर नेपालमा लकडाउनका कारण अन्र्तराष्ट्रिय उडान पनि बन्छ । सरकारले विदेशमा रहेको नेपालीलाई अहिले रहेकै ठाउँमा सुरक्षित भएर बस्न अनुरोध गरेको छ।

कोरोना सङ्क्रमित सबैको उपचार कुवेत सरकारले नै आफ्ना नागरिक सरह नै गरिरहेको छ । अहिलेसम्म कोही पनि नेपाली निको भएको जानकारी दूतावासलाई कुवेतले दिएको छैन । मंगलबारसम्ममा ५१ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया