उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ - जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले दोस्रो चरणको राहत वितरणलाई श्रमसँग जोड्ने भएको छ ।
राहत लिनेलाई उसले श्रममा लगाउनेगरी श्रम बैंक स्थापना गर्ने तयारी गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
कार्यपालिकाको ८४ औँ बैठकले दोस्रो चरणमा राहत लिनेलाई श्रममा लगाउने निर्णय गरेको छ । ‘दोस्रो चरणको राहतलाई फरक ढङ्गले अगाडि बढाउने निर्णय भएको छ,’ नगर प्रमुख पाण्डेले भन्नुभयो, ‘अब राहत लैजानेले त्यो बराबरको श्रम गर्नुपर्ने छ ।’
राहातलाई विकाससँग जोड्न योजनाअनुसारको काम थालिएको उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा ६ हजारभन्दा बढीलाई राहत वितरण गरेको र अब राहत वितरण र रोजगारलाई सँगै अगाडि बढाउने योजना उपमहानगरपालिकाको छ ।
यो योजनाअनुसार विपन्नलाई राहत दिने र त्यसबापत वडाका विभिन्न विकासका काममा उनीहरुलाई लगाउने भएको छ । श्रम बैंकलाई सञ्चालन गर्नका लागि वडाध्यक्षको संयोजकत्वमा वडा वडामा श्रम समिति निर्माण गर्ने निर्णय पनि भएको छ ।
त्यो समितिले कामसँगै खाद्यान्न उपलब्ध गराउने छ । नागरिक भोकै नरहुन् र काम पनि पाउन् भन्नका लागि यस्तो योजना अगाडि बढाइएको जनाइएको छ । तर अशक्त र ज्येष्ठ नागरिकले राहतबापत श्रम बैंकमा काम गर्नुपर्ने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।