उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ – डिभिजन वन कार्यालय दाङको गस्ती टोलीले पश्चिम दाङबाट चार जना सिकारीलाई हतियारसहित पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका ५ को हात्तीखाल सामुदायिक वन क्षेत्रबाट चार जना सिकारीलाई उनीहरुले प्रयोग गरेको चार वटा मोटरसाइकल र एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन् । वन्यजन्तु सिकार गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सूचना पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वन्यजन्तु मार्नका लागि तयारी अवस्थामा बसेका चार जनालाई पक्राउ गरेको डिभिजनल अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयबाट २२ जनाको टोली गस्तीमा गएको थियो । वन क्षेत्रको ५ ठाउँमा लुकेर जनावर मार्ने घाट बनाएको सूचनाका आधारमा वन क्षेत्रमा खोजतलास गरिए पनि थप सिकारी पक्राउ नपरेको ज्ञवालीले बताउनुभयो ।
सहायक वन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा गएको टोलीले सिकारीलाई पक्राउ गरेको र अरु सिकारीहरु समेत वन क्षेत्रमा भएको सूचना पाएपछि डिभिजन वन कार्यालयले प्रहरीको सहयोग मागेको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा आठ जना प्रहरी र वनकर्मीहरुले वन क्षेत्रमा खोजतलास गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।