एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टीकरण नसोधिएको बताएको छ ।
मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सह-सचिव रघुराम विष्टले डा. पुनलाई स्पष्टीकरण नसोधिएको बताउनुभयो । मन्त्रालयले डा. पुनलाई पठाइको पत्रमा स्पष्टीकरण सोधिएको भनी प्रकाशन/प्रसारण भएका समाचार सत्य नभएको उहाँको भनाइ छ ।
‘अस्पतालको काममा बाधा नपर्नेगरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउन उपस्थित हुन’ भनेर पत्राचार गरिएको सह-सचिव विष्टले बताउनुभयो । सञ्चारमाध्यममा सत्यतथ्य नबुझी समाचार प्रकाशित गरिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको सह-सचिव विष्टले बताउनुभयो ।
विष्टले विनाप्रमाण समाचार बनाउने र मन्त्रीको चरित्र हत्या गर्ने काम सञ्चारमाध्यमहरुबाट भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयले पठाएको पत्रमा उहाँलाई स्पष्टीकरण सोधेको भनी कपोलकल्पित समाचार प्रसारण, प्रकाशन गर्नु खेदपूर्ण छ ।’
मनगणन्ते हेडलाइनका समाचार बनाएर मन्त्रीको चरित्रहत्या गर्ने र कोभिड-१९ रोकथाम, नियन्त्रण उपचारमा खटिने टिमको ध्यान भंग गरी जनतामा नैराश्य छर्ने काम भएको सहसचिव विष्टको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।