दाङमा कोरोना परीक्षण गरिएका सबै ५७ जनाको रिपोर्ट 'नेगेटिभ'

 वैशाख ५, २०७७ शुक्रबार १८:४९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङमा अहिलेसम्म कोरोनाको आशंकामा परीक्षण गरिएका सबै ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएकाहरू सबैलाई होम क्वरेन्टीनमा रहने गरी  शुक्रबार बिहान डिस्चार्ज गरिएको छ । 

अहिले बेलझुण्डीको कोरोना विशेष अस्पतालको आइसोलेसनमा कोही पनि छैनन् । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट यसअघि ४० जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

पछिल्लो पटक १७ जनाको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएसँगै जिल्लाबाट स्वाब परीक्षण गरिएकाहरूको संख्या ५७ जना पुगेको छ । दाङका विभिन्न पालिकाले बनाएका क्वरेन्टीनमा रहेका १७ जनाकोर्‍यापिड टेस्ट गरिएको हो

उनीहरूको नतिजा पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले बताउनु भयो । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका आठ जनाको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण भेटिएको छैन ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया