उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ – दाङमा अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) को आशङ्कामा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएका सबैलाई होम क्वरेण्टीनमा रहने गरी शुक्रबार बिहान डिस्चार्ज गरिएको छ । अहिले बेलझुण्डीको कोरोना विशेष अस्पतालको आइसोलेशनमा कोही पनि छैनन् ।
कोरोना विशेष अस्पताल बेलझुण्डीबाट यसअघि ४० जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक १७ जनाको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएसँगै दाङमा स्वाब परीक्षण गरिएकाको सङ्ख्या ५७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिनु भयो। जाँच गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै, दाङका विभिन्न पालिकाले बनाएका क्वरेण्टीनमा रहेका १७ जनाको र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) गरिएको छ । उनीहरूको नतिजा पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले बताउनुभयो ।
दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेशनमा रहेका आठ जनाको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण भेटिएको छैन ।
बिहीबार मात्रै तुलसीपुर उपमहानगरपालिका ५ मा रहेका एक परिवारका तीन सदस्यसहित राप्ती गाउँपालिका १ का अर्का एक परिवारका पाँच सदस्यको रिपोर्ट नेगेटिभ आएको हो ।
तुलसीपुरका तीन बाबु छोरालाई कोरोनाको आशङ्कामा स्वाब परीक्षणको लागि पठाइएको थियो । भारतीय मस्जिदबाट त्यस परिवारका व्यक्ति भर्खरै मात्र आएको भन्ने हल्ला व्याप्त भएपछि स्थानीय प्रशासनको सहयोगमा स्वाब परीक्षण गर्न पठाइएको थियो । यस्तै, बिहीबार नेगेटिभ रिपोर्ट आउनेमध्ये अर्का पाँच जना एकै परिवारका सदस्य हुन् ।
याे पनि पढ्नुस्
अप्रिल १७ : खाडी र मलेसियाकाे काेराेना अपडेट |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।