उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ - कोरोना विशेष अस्पताल बेलझुण्डी दाङको आइसोलेसनमा भर्ना भएकामध्ये ९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
अस्पतालमा भर्ना भएका अन्य ८ जनाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको छ ।
राप्ती गाउँपालिकाका ५ र तुलसीपुर उप-महानगरपालिका ३ जनाको स्वाब परीक्षणका लागि पठाइएको अस्पतालका सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभएको छ ।
उनीहरुमध्ये राप्ती गाउँपालिकाका ५ जना कैलालीमा कोरोना देखिएको एक महिला आएको बसमा वीरगन्जबाट आएका र तुलसीपुरका तीन जना दिल्लीबाट आएका थिए ।
मंगलबार पठाइएका ९ जनाको जाँचमा कोरोना नभएको रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ । यसैबीच पालिकाहरुले बनाएका विभिन्न क्वरेन्टीनमा अहिले ५१ जना बसेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।