उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ - जिल्ला अदालतले धरौटीमा रिहा गरेको विप्लव नेतृत्वको नेकपाका तीन जना नेताहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पुनः पक्राउ गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य द्धय केशबहादुर बाँठा, सन्तोष सुवेदी र पार्टीका रोल्पा विशेष जिल्ला सेक्रेटरी पुस्तमान घर्ती मगरलाई आज जिल्ला अदालत दाङको गेटबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई बाँके लगिएको छ । गएको असोज ३० गते राजपुरको मुङग्रैटाबाट पक्राउ परेका उनीहरुलाई राज्यविरुद्ध संगठित अपराध गरेको आरोपमा मुद्दा दायर गरेको थियो । तर जिल्ला अदालतले थुनछेक आदेश गर्दै गएको पुस ७ गते उनीहरुलाई १५/१५ हजार धरौटीमा हिरासत मुक्त गर्न आदेश दिएको थियो ।
पुनः पक्राउ पर्ने अवस्था आएको भन्दै धरौटी नतिरेपछि तुलसीपुर कारागार लगिएका उनीहरुलाई केही दिनमै रोल्पा लगेर विभिन्न मुद्दा दर्ता गरिएको थियो । रोल्पा जिल्ला अदालतले ३०/३० हजार धरौटीमा हिरासतमुक्त गर्न आदेश दिएपछि पुनः गिरफ्तार गरि दाङ ल्याइएको थियो ।
दाङ जिल्ला अदालतमा रहेको १५/१५ हजार धरौटी बुझाएर निस्किदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।