एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
महाभारत युद्धकाे १६ औँ दिन पाण्डव सेनामाथि अस्वस्थामाले नारायणास्त्र प्रहार गरे । पाण्डव सेनाले अघिल्लो दिन कौरव सेनाका सेनापति द्रोणाचार्यलाई निहत्था बनाएर मारेको थियो ।
युधिष्ठिरले समेत “अस्वस्थामा हतोहत” भन्दै आफ्नो मृत्युको खबर सुनाएर पिता द्रोणाचार्यको हत्या गरेपछि उनका छोरा अस्वस्थामा रिसले चुर भए । पाण्डव पक्षलाई सिध्याउन अस्वस्थामा ऋषिले यसअघि कसैले नदेखेको र नजानेको नारायणास्त्र चलाउने प्रण गरे । नारायणास्त्र चल्न थालेपछि महाभारत युद्धमा भयङ्कर हाहाकार मच्चियो । अस्वस्थामाले जे सोच्थे, उनको हातमा त्यस्तै हतियार आउँथे ।
हातबाट छुट्नासाथ ती हतियार आँखाले देख्न नपाउँदै हजारौँको सङ्ख्यामा फैलिन्थे । अनि चारै दिशाबाट पाण्डव सेनालाई आक्रमण गर्थे । आकाशमा एकाएक हजारौँ सर्पको मुख जस्ता वाण देखिन्थे, वाणको तीरमा विष र आगो हुन्थ्यो, ती वाण पाण्डव सेनामाथि जाई लाग्थे । पाण्डव सेनामाथि घरि आकाशबाट ढुङ्गा बर्सिन्थ्याे, घरि टाउकामाथि फलामे चुच्चा भएका चराले ठुङ्थे र लखेट्थे । युद्ध मैदानमा घरि आगोको मुस्लो उठ्थ्यो । नारायणास्त्रले युद्धमा उपद्रो थेग्न सक्ने हैसियत पाण्डव सेनासित थिएन । युद्धमा निस्केको त्यो अस्त्र सबै शत्रु नमारि नफर्किने खालको थियो । पाण्डव सेनाको कसैले पनि नारायणास्त्रबाट बच्ने उपाय जानेको थिएन । त्यो अस्त्र रोक्ने अर्को अस्त्र र ज्ञान पनि पाण्डवसित थिएन ।
त्यो अस्त्रको प्रतिकार गर्दा युधिष्ठिरका भाइ तथा अर्जुनका दाजु भीमसेन, गदा र रथ सहितै आगोको मुस्लोमा जल्न थाले । सैनिकहरुको भागाभाग हुन थाल्यो । त्यसपछि कृष्णले रथ बिसाए । अर्जुनलाई रथबाट उत्रिन लगाए । कृष्ण र अर्जुन रथबाट झरेपछि अर्जुनले आफ्ना हतियार भुइँमा राखे । कृष्णले भीमसेनलाई रथबाट तानेर भुइँमा झारे, हतियार भुइँमा राख्न लगाए ।
त्यसपछि हातले इसारा गरेर पाण्डव पक्षका सबै सेनालाई रथ र हात्तीबाट उत्रिन लगाए । हतियार बिसाउन लगाए । र, नारायणास्त्र शान्त नहुञ्जेल सबैलाई हात जाेडेर भुइँमा बसाए । युद्धमा निस्केको नारायणास्त्र शान्त पार्न रथबाट उत्रिनुपर्छ, हातका हतियार थन्क्याउनुपर्छ र शान्त भइ बस्नुपर्छ भन्ने ज्ञान अर्जुनका सारथी कृष्णसित मात्रै थियो । कृष्णको आदेशमा पाण्डव सेनाले नारायणास्त्र शान्त नहुञ्जेल हतियार समाएन, रथमा चढेन र धैर्य गरेर बस्यो ।
अहिलेको कोरोना महामारी पनि त्यो नारायणास्त्र जस्तै हो । त्यो आकाशबाट पनि आउँछ, जमिनबाट पनि आउँछ, आफन्त र पराई जसबाट पनि एक अर्कामा सर्छ । यसको औषधि छैन, तर शान्त भएर घरमा बस्यो भने कोरोनाको महामारी पनि फैलिन पाउँदैन । नारायणास्त्र चल्दा हतियार बिसाएर शान्त बसि ज्यान जोगाएको दुई दिनपछि पाण्डव सेनाले महाभारतको युद्ध जित्यो । दुई साता क्वरेण्टीनमा बस्दा हामी पनि अवश्य कोरोनाको महामारीबाट जोगिन्छौँ ।
यो कथा कोरोना क्याप्सुलको एउटा डोज मात्रै हो, पुरै क्याप्सुल सुन्न यहाँ क्लिक गर्नुहोस् ।
अथवा,
खाडी र मलेसियाको कोरोना अपडेट : शुक्रबारसम्ममा सङ्क्रमित सङ्ख्या १५ हजार नाघ्यो, नेपालीको सङ्ख्या ३९ |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गोपाल गुरागाईं चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ।