उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
जे सोचेको हुन्छ, त्यो नहुँदो रहेछ । महिना दिन प्रहरीको हिरासतमा बसेर आएको एकजना साथीले आफूले भोगेको व्यथा सुनायो । ‘खान पनि दिंदैनन्, सुत्ने ठाउँ पनि हुँदैन’, उसले हामीले प्रयोग गर्ने बाथरुम देखाउँदै भन्यो ‘यति ठूलो ठाउँमा त २० जना मानिस अट्छ । यति सफा भईदिए त ।’
उसले त्यति भनेपछि मन आत्तिन छाड्यो । नत्र महिना दिन कसरी कटाउने भनेर छटपटी भएको थियो । अहिले जब छटपटी हुन्छ म त्यही साथीले महिना दिन हिरासतमा भोगेको कुरा सम्झिन्छु र क्वरेन्टीनको बसाई अलि सहज ठान्छु ।
कोठाभित्रै भएपछि कुनै नयाँ योजना बनेका छैनन् । आफूसँग भएका किताब पढिसकेको छु । अनि यूट्युबमा फिल्म हेर्ने । यस्तै गरी दिन बितिरहेका छन् । पहिले बेलुका सुत्नुअघि बिहान काममा जानुपर्ने पिर हुन्थ्यो, निद्रा लाग्थ्यो । तर अहिले बेलुका सुतेपछि बिहान उठेर आराम गर्नेबाहेक अरु काम छैन । काम गरेर दिन बिताउन भन्दा सुतेर दिन बिताउन निकै गाह्रो भएको छ ।
१८ दिन भयो, बिहान अर्लाम बज्न छाडेको छ । त्यति मात्र होइन कुन दिन, के बार सबै भुलाई दिएको छ ।
दिउँसो नसुत्नेहरुलाई पनि सुताइदिएको छ । रातमा निदाउनेहरुलाई पनि ब्युँझाइदिएको छ । अहिले त रात दिन उस्तै लाग्न थालेको छ । चौबीसै घण्टा कोठा भित्र बसेपछि बाहिरी संसार भन्नु नै सामाजिक सञ्जाल भएको छ ।
कोरोनाले पुरै समय तालिका बदलिएको छ । बिहान कहिल्यै चुलो बल्दैनथ्यो । हामी बिहानको खान सधैं कम्पनीको क्यान्टिनमा खान्थ्यौं । १७ दिन यता चुलो खाली भएको छैन । तर खानेकुरामा भने पहिलेको जस्तो स्वाद हुँदैन ।
पहिले जस्तो विभिन्न परिकारका तरकारी पनि पाक्दैनन् । लकडाउनको हल्ला सुनेको पहिलो दिन दुई, तीन घण्टा लाईन बसेर ल्याएको तरकारी थियो, अहिले सकियो । आखिर जिन्दगी त दाल भात खाएर पनि चल्ने रहेछ भन्ने कुरा बल्ल बुझियो ।
दिन निकै पट्यारलाग्दो भएको छ ।
खाडीमा खान नपाउनेहरु त कोरोना आउनु अघिदेखि नै थिए । खाडीका श्रमिक भनेपछि धेरैले अर्कै दृष्टिले हेर्छन् । रेमिट्यान्सको हिसाब राख्ने सरकारले आफ्ना नागरिकलाई समान दृष्टिकोणले हेरेन ।
यतिबेला सरकारको तर्फबाट आश्वसन मात्र पाए पनि खाडीमा पसिना बगाइरहेका नेपालीहरुलाई ठूलो राहत मिल्थ्यो । अनि यो विपदको बेलामा नागरिकले पनि सरकारलाई सघाउनु पर्छ । विदेशबाट आउनेले पनि भाग्नु हुँदैन । जेजस्तो सरकारको मापदण्ड छ त्यसलाई पालना गर्नुपर्छ । तर विदेशबाट आउनेलाई पनि भेदभाव गर्न हुँदैन ।
खाडी लगायत विभिन्न देशमा नेपालीहरु भिसा सकिएर अलपत्र परेका छन् । ती देशको दूतावासमार्फत समस्याको समाधान निकाल्नुपर्छ । दुःख परेको बेला सबैले आमालाई नै सम्झन्छन् । देश भनेको आमा हुन् । त्यसैले यो विपदमा विदेशबाट आफ्ना नागरिकलाई ल्याउने र ल्याएकाहरुलाई सुरक्षित स्थानमा राख्ने काम सरकार लागिपरोस् । अनि विदेशमा रहेकाले कोरोना ल्यायो भनेर आरोप प्रत्यारोप बन्द गरौं ।
कोरोनापछिको दिनचार्य फेरिएको छ । कुनै पनि हालतमा परिवर्तन गर्न नसकिने दैनिकी ठाउँको ठाउँ परिवर्तन गरिदियो । काम गर्ने, खाने, सुत्ने, उठ्ने, भेटघाट गर्ने सबै कुरा परिवर्तन गरिदिएको छ । स्वतन्त्र मानिसलाई पिँजडाको सुगा बनाईदिएको छ ।
मलेसिया लकडाउ भएको १८ दिन भयो । हामी कम्पनीको होस्टेलमा क्वारेन्टीनमा छौं । पछिल्लो समय मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै लकडाउनको अवधि अप्रिल १४ सम्म बनाएको छ । मलेसियामा लकडाउनको प्रभावकारी कार्यान्वयन भएको छ । कसैले उल्लङ्घन गरेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।