खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगन
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – कोरोना भाइरसको जोखिम रोक्न साउदीले २१ दिनसम्म रात्रीकालिन कर्फ्यू लगाएको छ ।
कोरोनाको सङ्क्रमण बढ्दै गएको र यसको रोकथामका लागि साउदीका राजा सलमान बिन अब्दुल अजिज आल साउदले सोमबार रातिदेखि नै लागू हुनेगरी रात्रीकालीन कर्फ्यु घोषणा गरेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
कर्फ्यू साउदीको स्थानीय समय अनुसार बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म लाग्नेछ । अत्यावश्यक सेवा मात्र सञ्चालन हुनेगरी लगाएको कर्फ्युको पूर्णरुपमा पालना गर्न साउदीमा रहेका सबै नेपाली नागरिकलाई दूतावासले अनुरोध गरेको छ ।
साउदीमा हुने सबै नेपाली र नेपाली समुदायका संघसंस्थालाई साउदी सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि जारी गर्ने सुरक्षा सतर्कता पालना गर्न र सामाजिक सञ्चालमा अफवाह फैलाउने सामग्री शेयर नगर्न दूतावासको आग्रह छ ।
साउदीमा सोमबार दिउँसोसम्ममा ५११ जनामा कोरोनाको सङ्क्रमण भए पनि नेपाली श्रमिक सुरक्षित रहेका छन् । त्यसैले सुरक्षा सतर्कता अपनाइ कोरोनाको सङ्क्रमणबाट बच्न दूतावासले साउदीमा रहेका सबै नेपालीलाई भनेको छ ।
कर्फ्युको समयमा बाहिर ननिस्कन र स्वास्थ्यका कारण निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरुसँग पूर्ण समन्वय गर्ने स्वास्थ्यका सावधानी अपनाउनु पर्छ । अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ०११४६१११०८ नम्बरमा सम्पर्क गर्न सकिन्छ । बिदाकाे दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० मा सम्पर्क गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।