उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
धनकुटा - कोशी राजमार्ग अर्न्तगत धनकुटाको साँगुरीगढी गाउँपालिका-६, कार्कीछाप नजिक शुक्रबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख २८२४ नम्बरको बस अचानक अनियन्त्रित भइ सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै जनाको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घाइतेहरुको टाउको र शरीरका विभिन्न भागमा सामान्य चोटपटक लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका दिपक खड्काले बताउनुभयाे । बस चालक साँगुरीगढी गाउँपालिका-१ का २५ वर्षीय प्रदिप लिम्बूलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
बस सडकमा पल्टिएर अवरुद्ध सडक अहिले एकतर्फी रुपमा सञ्चालनमा भैरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।