कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
भोजपुर - भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको ठप्प पारेर साताव्यापी भ्रमण हिँडेपछि सेवा प्रवाहमा समस्या भएको छ ।
नगरपालिकाका मेयर कैलासकुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशासकीय अधिकृत, रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, चार जना वडाध्यक्ष, प्रविधिक, कम्प्यूटर अपरेटरसहित १७ जना भ्रमण हिडेँपछि कार्यालयबाट दिइने दैनिक कामकाजमा समस्या भएको हो ।
गएकाे आइतबारबाट भ्रमणमा गएको भए पनि भ्रमण टोली कहिले फर्कने भन्ने थाहा नभएको कार्यालयका कर्मचारीहरु बताउँछन् ।
कार्यालयमा सेवा लिनको लागि आएका आङपासाङ शेर्पाले भन्नुभयाे, ‘जनप्रतिनिधि तथा कर्मचारी काम नै ठप्प पारेर जानु भनेको यो चरम लापर्वाही हो, भ्रमणमा गएको विषयमा अन्य कर्मचारी समेत थाहा छैन, यस्तो गैर जिम्मेवारी पनि हुन्छ ?’
कार्यालयका अधिकांश शाखाहरुको कर्मचारीविहीन रहेका छन् । कार्यालयमा सम्झौताको काम भइरहेको भए पनि आर्थिक कारोबार भने ठप्प छ । मौखिक रुपमा कार्यालयको निमित्त प्रशासकीय अधिकृतको रुपमा इन्जिनियर अरुण हमाललाई अनुमति दिएको भनिए पनि लिखित रुपमा जिम्मेवारी दिएको छैन । यसका कारण आर्थिक कारोबार लगायतका काम ठप्प भएका हुन् ।
इन्जिनियर अरुण हमालले भन्नुभयाे, ‘मलाई काम गर्दै गर्नु भनेर मौखिक रुपमा भनेकोले काम गरिरहेको छु, तर प्रमुख प्रशासकीय अधिकृत सरले लिखित रुपमा जानकारी दिनुभएको छैन ।’
नगर प्रमुख, प्रशासकीय अधिकृत तथा अन्य जिम्मेवार कर्मचारी बाहिर गएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको कर्मचारीहरुले बताएका छन् । साथै उनिले कति दिनकाे भ्रमण हो भन्ने समेत थाहा नभएको बताएका छन् ।
नाम नबताउने शर्तमा एक कर्मचारीले भने, ‘कतिदिने भ्रमण हो त्यो थाहा छैन, भ्रमणमा रहेको विषयमा मलाई पनि सामाजिक सञ्जालबाट मात्र थाहा भएको हो, अरु कुरा मलाई केहि थाहा छैन ।’
नाम उल्लेख नगर्ने शर्तमा एक वडाध्यक्षले नगर कार्यपालिकाको बैठकमा भ्रमण विषयमा कुनै पनि निर्णय नभएकोले आफूलाई कुनै पनि जानकारी नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत ४ चार जना वडाध्यक्ष प्राविधिक लगायत १७ जना भ्रमण छन् तर भ्रमणको विषयमा कार्यापालिममा बैठकबाट निर्णय भएको मलाई जानकारी छैन, उहाँहरु नहुँदा सेवा प्रवाहमा समस्या त धेरै नै छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।