नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ - टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आउँदै गरेको प्रणय दिवस (भ्यालेण्टाइन्स डे) लाई लक्षित गर्दै ‘टाटा मोटर्स भ्यालेण्टाइन वीक ह्वील्ज अफ लभ’ योजना ल्याएको छ ।
टाटा मोटर्सको थापाथली शाेरुममा फेब्रुअरी १३ देखि १५ सम्म कार्यक्रम आयोजना हुने कम्पनीले जनाएको छ । यस अवधिमा शाेरुममा आउने ग्राहकलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुतिसहित विभिन्न उपहारहरु प्रदान गर्नेछ ।
यस अवधिमा ग्राहकले नयाँ आकर्षक र अत्याधुनिक डिजाइनका टाटाको एच फाइभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
कार्यक्रम अवधिभित्र शाेरुममा आएर टाटाको जुनसुकै मोडलको गाडी खरिद गर्ने ग्राहकहरुलाई कपल माल्दिभ्स भ्रमण, बुकिङ गर्ने ग्राहकलाई हीराकाे औँठी, प्रत्येक भ्याल्युएसनमा परफ्यूमका साथै निःशुल्क जेन्युइन एसेसारिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड ट्याक्सको अफर प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।
टेस्ट ड्राइभ मात्र गर्ने ग्राहकहरुलाई आकर्षक उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।