स्टार्टअप कर्जाको लागि १३ सयभन्दा धेरै परियोजना प्रारम्भिक सूचीमा
पुस २२, २०८१ सोमबार
काठमाडौं – नेपाल र कोरियाबिच रोजगारी अनुमति प्रणालीअन्तर्गत थप नेपाली श्रमिकलाई अवसर दिनेबारे छलफल भएको छ ।
नेपाल–कोरिया परामर्श संयन्त्रको चौथो बैठकमा कोरियामा कार्यरत नेपाली कामदारको हकहित तथा सुरक्षाका साथै पारस्परिक चासोका विविध विषयमा विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरियाली विदेश मन्त्रालयमा आज भएको बैठकमा नेपाल–कोरिया सम्बन्धका समग्र पक्षको समीक्षा गरिएको थियो ।
बैठकमा नेपाली पक्षको प्रतिनिधित्व परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल र कोरियाको नेतृत्व त्यहाँको विदेश मन्त्रालयमा दक्षिण एसिया तथा प्रशान्त विभागका महानिर्देशक किम युन योङले गर्नुभएको थियो । नेपाल र गणतन्त्र कोरियाबिच सन् २००१ मा परामर्श संयन्त्र गठन भएको थियोे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।