उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ ।
फागुन २ देखि ७ गतेसम्म काठमाण्डाैको भृकुटीमण्डपमा आयोजना हुने इन्फाेटेकाे तयारी पूरा भएको र ८० प्रतिशत बुकिङ सम्पन्न भैसकेको कम्प्युटर एशोसिएशन अफ नेपाल, क्यान महासंघले जनाएको छ ।
यस पटकको क्यान इन्फोटेकमा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गर्नेछन् । महासंघका अनुसार सार्वजनिक सूचना निकालेर स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेको र सहभागीहरुलाई क्यान इन्फोटेकमा विभिन्न सुविधाहरु र उत्कृष्टलाई नेशनल आईसीटी डेको अवसर पारेर पुरस्कृत गरिनेछ ।
रोबोट र ड्रोनबाट गरिने प्रदर्शनीको उद्घाटन पनि सूचनाप्रविधि मेलाको विशेष आकर्षण रहने छ ।
यस पटकको क्यान इन्फोटेकमा विशेष आकर्षणको रुपमा गेमिङ जोन पनि रहने छ । सो अवसरमा गेमिङ्ग पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोर्टस् च्याम्पियनशिप प्रतियोगिता आयोजना गर्नेछ जसमा डोटा टु तथा सीएस गो जस्ता टिमवर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिने छन् ।
दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिने छन् भने उत्कृष्ट ८ टीमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । विजेताहरुले प्रमाणपत्र सहित १ लाख रुपैयाँ पुरस्कार पनि पाउनेछन् ।
यस पटककाे प्रवेश शुल्क १००, विद्यार्थीहरुलाइ ५० प्रतिशत छुट तथा सामुदायिक तथा सरकारी विद्यालय र कलेजका विद्यार्थीहरु, सञ्चारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशकाे व्यवस्था गरिएकाे छ ।
यस वर्ष क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिने भएकाे छ ।
प्रदेश १ को इटहरी र प्रदेश २ को वीरगञ्जमा सम्पन्न भैसकेको छ भने माघ १७ देखि २१ गतेसम्म प्रदेश ५ को बुटवलमा, माघ २४ गतेदेखि २८ गतेसम्म वाग्मति प्रदेशको चितवनमा, फाल्गुन ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशको पोखरामा, फाल्गुन २० देखि २४ गतेसम्म प्रदेश ५ को नेपालगञ्जमा हुनेछ ।
यसैगरी फाल्गुन २८ गतेदेखि चैत्रको १ गतेसम्म प्रदेश ७ को धनगढीमा र चैत्र ५ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने क्यान महासंघले जनाएकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।