काभ्रेमा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको ज्यान गयाे, दुई जना घाइते

 पुष २४, २०७६ बिहीबार १८:२६:१८ | कपिल कोइराला
unn.prixa.net

काभ्रे - बिहीबार काभ्रेमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।

पनौतीमा भएको एक्स्काभेटर दुर्घटनामा पनौती ७ का १६ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भएर हाल पनौती ७ बस्ने १५ वर्षीय रोशन भण्डारीको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएको छ ।

पनौती नगरपालिका-११, थुम्कीमा रहेकाे भित्री सडकखण्डमा सडक विभाग भक्तपुरको आयोजनामा पाटीखर्क–ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा एक्स्काभेटर सडकबाट ३ सय मिटर तल सलान्दु खोलामा खसेको थियो ।

दुर्घटनामा एक्स्काभेटर चालक पनौती–७ बस्ने २७ वर्षीय जीवन ताम्राकारको टाउको, मुख र हातमा चोट लागेको र उनको धुलिखेल अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी प्रमुख रवि पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै रोशी गाउँपालिका-९, पानन्चेमा दूध बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । दूध बोकेको बा ५ च ५०७४ नम्बरको जीप दुर्घटनामा रोशी-९ का १२ वर्षीय अनिल रानामगरको ज्यान गएको हो ।

अनिलको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । रोशी-९ कै वर्ष ७५ की सतीकुमारी पीठाकोटे र चालक रोशी-६ का टंकमानको उपचार भइरहेको छ । त्यस्तै बीपी राजमार्गको नमोबुद्ध-२, सेल्फीडाँडामा टिप्पर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ ।

धुलिखेलबाट भकुण्डेबेसी जाँदै गरेको वर्ल्डवाइड कन्स्ट्रक्सन प्रालि काठमाण्डाैकाे बा २ क ५ नम्बरको टिप्पर चालक आश्विन बिष्ट र विशाल खडकाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकाे छ । ज्यान गुमाएका खड्का सडक विभाग, वर्ल्डवाइड कन्स्ट्रक्सन प्रालि काठमाण्डाैका सुपरभाइजरसमेत रहेका प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया