उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
सर्लाही - सर्लाहीको गोडैता नगरपालिका–६, बगदहमा रहेको महालक्ष्मी सुगर मिल बुधबारदेखि सञ्चालनमा आएको छ।
मिलले गत वर्षको बाँकी बक्यौता रकम किसानलाई मंगलबारदेखि भुक्तानी दिन थालेपछि मिल पहिले गरिएकाे सहमति अनुसार सञ्चालमा आएको गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडियाले दुई दिनमा किसानको ११ करोड २६ लाख रूपैयाँ उनीहरुको बैंक खातमा जम्मा गरिदिएका छन् । मिलले अबको एक साताभित्र किसानको सबै बाँकी रकम १० करोड भुक्तानी गर्ने पनि जनाएको छ । अघिल्लाे वर्षको बक्यौता रकम पुरै भुक्तानी नदिएसम्म किसानले मिल सञ्चालन हुन नदिने अडान राख्दै आएका थिए ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेका दुइवटा चिनी कारखानामध्ये एउटा सञ्चालनमा आएपछि किसानलाई उखु बिक्री गर्न केही राहत मिलेको छ । अघिल्लाे वर्षबाट मात्र क्रसिङ सुरु गरेको मिलले किसानलाई समयमा नै रकम भुक्तानी गर्न नसक्दा उद्योग नै बन्द हुने अवस्थामा पुगेको थियो। ३१ हजार क्रसिङ क्षमताको मिलले अघिल्लाे वर्ष ११ लाख २७ हजार ३९५ क्विन्टल उखु क्रसिङ गरेको थियो ।
त्यसैगरी पश्चिम धनकौलमा रहेको अन्नपुर्ण सुगर मिलले किसानको तीन वर्षदेखिको ५० करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन नसक्दा मिल सञ्चालन हुन सकेको छैन ।
अन्नपुर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले एक महिना भित्रमा उखु किसानको सबै पैसा चुक्ता गर्ने बताएको भए पनि अहिलेसम्म किसानहरुले भुक्तानी पाउन सकेका छैनन्। मिल सञ्चालक अग्रवालले पटकपटक किसानलाई झुक्याएका कारण विश्वास गर्न नसकिने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो ।
मैनाली भन्नुहुन्छ, ‘अन्नपुर्ण सुगर मिल र श्रीराम सुगर मिलका सञ्चालकसँग धेरै पटक छलफल भयो, उहाँहरु मिल चलाउने पक्षमा हुनुहुन्न र चलाउन सक्ने अवस्था पनि देखिएन, श्रीराम मिलका सञ्चालक दिवाकर गोल्छाले ३२ करोड र राकेश अग्रवालजीले दुईवटा मिलको गरेर किसानलाई ६० करोड रुपैयाँभन्दा बढी भुक्तानी दिनुपर्ने देखियो, अघिल्लाे वर्ष सञ्चालमा रहेका १४ वटा चिनी कारखानामध्ये अहिले दसवटा कारखानाले मात्र उखु क्रसिङ गरिरहेका छन् ।
यसरी किसानलाई भुक्तानी नदिएर धमाधम उद्योग बन्द हुन थालेपछि किसानहरु ठूलो समस्यामा परेका छन । पुस ११ गतेदेखि क्रसिङ सुरू गरेको जिल्लाको उत्तरी क्षेत्रको इन्दुशंकर चिनी कारखाना हरिवनले भने ११ दिनमा तीन लाख ५५ हजार क्विन्टल उखु क्रसिङ गरेको उद्योगका सहायक उखु प्रबन्धक दिवाकर पौडेलले जानकारी दिनुभयो ।
0कारखानाले अहिले दैनिक ४० हजार क्विन्टलको हाराहारीमा उखु क्रसिङ गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।