साउदीमा ३८ जना नेपालीलाई अलपत्र पार्ने तीनजुरे र इम्पावरमेन्ट म्यानपावरलाई कारबाही

 साउन ४, २०७५ शुक्रबार २०:४०:३४ | उज्यालो सहकर्मी

काठमाडौं – साउदीमा ३८ जना नेपालीलाई अलपत्र पार्ने तीनजुरे र इम्पावरमेन्ट नामका म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ । 

आज विभागमा बोलाई ती कम्पनीको कारोबार रोक्का गर्दै तत्काल उद्धार गर्न निर्देशन समेत दिएको छ ।  उता अलपत्र ३८ मध्ये १६ जना त्यहाँस्थित दूतावासको सम्पर्कमा पुगेका छन् । उनीहरुको तत्कालको खाने तथा बस्ने व्यवस्थाका लागि एनआरएन साउदीले पहल गरेको छ । 

हिजो मात्रै विभागले पीडितका आफन्तहरुसँग छलफल गरेको थियो । साउदीमा ३८ जना नेपाली अलपत्र परेको खवर सार्वजनिक भएसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले तत्काल उद्धारको पहल गर्न सम्बन्धित म्यानपावर कम्पनीलाई कारबाही गर्न विभागलाई निर्देशन दिनुभएको थियो ।
 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया