एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - यातायात व्यवस्था विभागले जस्तोसुकै ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई पाँच हजार जरिबाना गर्ने प्रस्ताव अघि सारेकाे छ ।
विभागले तयार गर्दै गरेको संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा सो व्यवस्था गर्न लागिएको हो । विभागले जरिबाना अन्त्यन्त कम भएकाले नियम उल्लंघन गर्नेको संख्या बढेको भन्दै शुल्क बढाउन लागिएको जानकारी दिएको छ । हाल, ट्राफिक नियम विपरीत कार्य गरेकालाई न्यूनतम ५ सय देखि १५ सयसम्म जरिबाना गर्दैै आएकोमा अब जुनसुकै कारबाहीमा समान पाँच हजार रुपैयाँ जरिवाना लाग्ने भएको छ ।
विभागले सात वटै प्रदेशका मन्त्रालय सचिव र विभागीय मन्त्रीहरुसँगको छलफलपछि ऐनको ड्राफ्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने भएको छ ।
त्यस विषयमाथि पुस १३ र १४ गते काठमाण्डौमा छलफल गरिने भएको छ । प्रस्तावित ऐन संसदले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । नियम कार्यान्वयनमा आएको खण्डमा लेनक्रस, ओभर स्पीड, दायाँ बायाँ गरी चलाउनेलगायतका सामान्य कसुरमा पनि पाँच हजार जरिबाना लाग्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
aaira shumsher
Dec. 25, 2019, 3:53 p.m.यस प्रकारको जरिवाना अझ बढि हुनु पर्ने हो जस्तो लाग्छ किन भने जो संग सवारी संग सम्बन्धीत कागज पत्र योग्य भई सम्बन्धीत निकाय बाट प्राप्त गरेका हुन्छन उनिहरु बाटै ऐन नियम विपरीत नियम को कार्यान्वयन नहुनु भनेको कानुनको ढाडो चुनौती र भविष्यमा हुने आर्थिक र मानविय क्षतीको अवमुल्यन गर्नु भनेको स्वयंम चालक को ठुलो असावधानी र गैरजिम्वेवार पनको कार्यलाई कडाभन्दा कारबाही हुनु जरुरी देखिन्छ । भविष्यमा सधै ट्राफिककै मात्र भरपने हो भने , ट्राफिकले मात्र सधै नियम को पालन गर पालन गर भनेर हाम्रा जतिपनि नियम ऐन हरुको सम्बन्धित पक्षले सधै नियमलाई गम्भीरतापूर्वक नलिने हो भने यस प्रकारको काम कारवाही, दण्डजरिवाना को क्षेत्रलाई अझ कडा र बलियो बनाउन जरुरी छ।
Tribhuwan Dhakal
Dec. 25, 2019, 3:28 p.m.With fines, include demerit points. If they make 10 demerit points or 12 within a period of a year, suspend licence for a year.