नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – नेपालले ट्वेण्टी ट्वेण्टी क्रिकेटमा अहिलेसम्मकै ठूलो योगफल बनाएको छ । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको खेलमा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै २ सय ३६ रन रन बनाएको हो ।
ट्वेण्टी ट्वेण्टी क्रिकेटमा नेपालले यसअघि मलेसियासँग बनाएको १ सय ७६ रन सवैभन्दा धेरै योगफल थियो । नेपालका तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले १ सय ७ रन बनाए । यस्तै पारस खड्काले ५७ रनको साझेदारी गरे भने दिपेन्द्र सिंह ऐरी ४५ रनमा नटआउट रहे ।
५५ बल खेलेका ज्ञानेन्द्रले ९ छक्का र ५ चौका सहित १ सय ७ रन बनाएका हुन् । यस्तै पारसले २८ बल खेल्दै १ छक्का र ९ चौका प्रहार गरे । दिपेन्द्रले २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रन बनाए ।
पहिलो विकेटका लागि पारस र ज्ञानेन्द्रले १ सय ८ रनको साझेदारी गरे । यस्तै, ज्ञानेन्द्र र रोहित पौडेलले दोस्रो विकेटका लागि ३१ रनको तथा ज्ञानेन्द्र र दिपेन्द्रले तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।