नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालले नवाैँ स्वर्ण जितेको छ ।
नेपालकी सुनिता महर्जनले करातेकाे कुमेते अन्तर्गत ६८ केजी मुनिको तौल समूहमा विजेता बन्दै नेपाललाई करातेतर्फ नवाैँ स्वर्ण दिलाएकी हुन् । सुनिताले साविक विजेता पाकिस्तानी खेलाडी कुल्सोमलाई आठ-दुई स्कोरले हराइन ।
पहिलो दिन सात वटा स्वर्ण पदक जितेको नेपालले आज थप दुई स्वर्ण हात पार्यो । यसअघि मंगलबार नै नवीन रसाइलीले करातेमा स्वर्ण पदक जितेका थिए ।
नवीनले ६७ केजी कुमुतेमा पाकिस्तानका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् ।
करातेमा स्वर्ण जित्नेहरु
कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
कराते (टिम काता, महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
कराते (५५ केजी) – लक्ष्मण तामाङ
कराते(८४ केजीमाथि) – विप्लवलाल श्रेष्ठ
कराते (४५ केजी मुनि)– कुसुम खड्का
कराते (५० केजी मूनि) –अनु अधिकारी
कराते (६७ केजी) - नवीन रसाइली
कराते (६८ केजी) - सुनिता महर्जन
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।