उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ – दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) को प्रदेश सभा उपचुनावमा झण्डै ६७ प्रतिशत मत खसेको छ ।
६८ हजार ७ सय १९ जना मतदाता रहेकोमा ४५ हजार ७ सय १८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा ३० हजार १ सय २८ जना पुरुष र २५ हजार ५ सय ९० जना महिलाले मतदान गरे ।
प्रदेश सभा सदस्यको उपचुनावमा १४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
यसअघि प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि यो ठाउँ रिक्त रहेको थियो । वलीकी पत्नी बिमला ओलीले पनि उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
वडा अध्यक्षका लागि भएको मतदानको मतगणना शनिबार बेलुकाबाट नै जिल्ला अदालतको मेलमिलाप कक्षमा हुदैँछ भने प्रदेश सभा सदस्यको मतगणना आइतबार बिहान ८ बजेबाट सुरु हुने छ ।
अहिले मतपेटीकाहरु गणना स्थल सदरमुकाम ल्याउने काम भैरहेको छ । राति १० बजेसम्म सबै ठाउँहरुबाट मतपेटिका ल्याइसक्ने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । वडाको मतगणना एक ठाउँमा र प्रदेशकाे दुई समूहमा मतगणना हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।