अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
लमजुङ – लमजुङको भोटेओडार–बेलघारी–भार्ते सडकखण्डस्थित मर्स्याङ्दी नदीमा रहेको मोटरेबल पुलको ‘रेक्टिफिकेसन’ (सुधार) कार्य सुरु हुने भएको छ ।
पुल निर्माणको समस्या समाधानका लागि सरोकारवाला बीच बसेको बैठकले विभिन्न निर्णय गरेसँगै पुलको ‘रेक्टिफिकेसन’कार्य सुरु हुन लागेको हो ।
पुलको ‘रेक्टिफिकेसन’को विषयलाई लिएर बिहीबार बसेको सरोकारवालाको बैठकले पुल नजिकै मर्स्याङ्दी वारपार नियमति सवारी आवागमन हुने गरी ‘डाइभर्सन’बनाएर मात्र पुलको काम अगाडि बढाउने सहमति भएकाे छ ।
मंसिर १२ गतेबाट चैत १५गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने, सडक डिभिजन कार्यालय दमौली, निर्माण व्यवसायी ठाकुरप्रसाद कडेँलको तर्फबाट पुलनिर्माणको अवधिमा आधिकारिक प्राविधिक नियमित रुपमा राख्ने र जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीबाट नियमित समन्वय र अनुगमन गर्ने सहमतिमा उल्लेख गरिएकाे छ ।
पुलसम्म पुग्ने ‘एप्रोच रोड’ बनाउनका लागि सडक चौडा गर्न सहयोग र समन्वय गर्ने काम स्थानीय वडाका वडाअध्यक्ष, र जनप्रतिनिधिले गर्ने, पुल सहयोग तथा समन्वय समितिले सहयोग गर्ने र सम्बन्धित निर्माण व्यवसायीबाट सडकको इस्टमेटअनुसारको काम पूरा गर्ने निर्णय भएसँगै पुलको ‘रेक्टिफिकेसन’ कार्य अगाडि बढाउन स्थानीय सहमत भएको स्थानीय एवम् तत्कालीन पुल निर्माण समितिका उपाध्यक्ष रामप्रसाद पौडेलले बताउनुभयो ।
जिल्लाको पूर्वी क्षेत्र जोड्न मर्स्याङ्दी नदीमाथि बनाइएको पुल २ वर्षमा सक्न निर्माण कम्पनीले तत्कालीन पश्चिमाञ्चल सडक डिभिजन कार्यालय, दमौलीसँग २०६४ फागुन २ गते सम्झौता गरेको थियो । पुलको लम्बाइ ६० मिटरको छ ।
तत्कालीन पुल निर्माण समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीका अनुसार भ्याटबाहेक ५ करोड ५४ लाख ९६ हजार ९ सय २४ रुपैयाँ ५० पैसामा निर्माण कम्पनीले निर्माणको जिम्मा लिएका थिए । पुल निर्माणकै क्रममा २०६८ साल असार १ गते पुल पल्टिँदा मानवीय क्षतिसमेत भएको थियो । प्राविधिक त्रुटिका कारण यस पुलको अहिलेसम्म हस्ताण्तरण र उद्घाटन हुन सकेको छैन ।
पुल निर्माणका क्रममा १६ एमएमको पाता राख्नुपर्ने ठाउँमा १२ एमएमको पाता र १२ एमएमको पाता राख्नुपर्ने ठाउँमा १६ एमएमको पाता राखिन गएका कारणले निर्माण कम्पनीेले त्रुटि हटाउन पुलको ‘रेक्टिफिकेसन’ गर्न लागेको सडक डिभिजन कार्यालय, दमौलीका प्रमुख विष्णुप्रसाद काफ्लेले बताउनुभएको छ ।
निर्माण कम्पनीका अनुसार निर्माण कम्पनीले अझै ३ करोड ७५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । पुलको प्राविधिक त्रुटि सच्याउनका लागि पुलको पुनर्निर्माणको काम अघि बढाइ चार महिनाभित्रै काम सक्ने निर्माण कम्पनी प्रतिनिधि, निर्माण व्यवसायी ठाकुरप्रसाद कँडेलले बताउनुभएको छ । ‘चार महिनाभित्र पुलको पुनर्निर्माण सक्ने गरी काम अघि बढाउँछौँ’, उहाँले भन्नुभयो ।
२०७१ सालबाट यस पुल भएर सवारीसाधन गुडिरहेका छन् । पुल निर्माणमाझैँ पुलको पुनर्निर्माण कार्यमा पनि ढिलाइ नगर्न स्थानीयले जोड दिएका छन् ।
छलफलमा प्रतिनिधिसभा सदस्य, नेकपाका प्रमुख सचेतक देव गुरुङ, गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, मधुमाया अधिकारी, धनन्जय दवाडी, पूर्व सहायक मन्त्री रामचन्द्र अधिकारी, जिसस प्रमुख लोकराज पाण्डे, दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ, प्रजिअ डा. डिजन भट्टराई, सडक डिभिजन कार्यालय दमौलीका प्रमुख विष्णुप्रसाद काफ्ले, जिप्रका लमजुङका प्रमुख डीएसपी रविन्द्रमान गुरुङ, निर्माण व्यवसायी ठाकुरप्रसाद कडेँललगायत भोटेओडार, अर्चलबोट, बेलघारीलगायतका ठाउँका स्थानीयको उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।