एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
ट्राफिक प्रहरी भएर लामो समय सेवा गर्दा मलाई स्वास्थ्य समस्या आएन । कुनै दिन पनि ज्वरो आएको, खोकी लागेको र छाती दुखेको थाहा भएन ।
तर अवकाश लिएपछि बल्ल थाहा भयो ड्युटीमा बस्दा खाएको धुँवा, धुलोको असर । उमेर ढल्किँदै जाँदा अहिले श्वासप्रश्वासमा समस्या भएर दम बढ्न थालेको छ, घाँटी दुख्ने, खोकी लाग्ने र टाउको दुख्ने समस्याबाट ग्रसित छु ।
दैनिक सडकमा काम गरेकाले प्रदूषणले आँखामा असर गरेको छ । गाडीका चर्को हर्न सुन्दासुन्दै ७५ प्रतिशत कान कम सुन्न थालिसकेँ । तर आजभोलि त जथाभावी हर्न बजाए कारबाही हुन्छ । ठाउँठाउँमा जथाभावी हर्न नबजाउन होर्डिङ बोर्ड नै राख्नु प्रशंसनीय काम हो ।
ट्राफिक प्रहरीले घण्टौँ उभिएर काम गर्नुपर्ने बाध्यताले पछि हातखुट्टा झमझमाउने, जोर्नी दुख्ने समस्या पनि हुने रहेछ ।
स्वास्थ्य सुरक्षाका लागि पाउने सुविधा
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बिरामी परेको खण्डमा निःशुल्क उपचार गर्न पाउने सुविधाबाहेक ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षामा अरु सुविधा छैन ।सरकारले ट्राफिक प्रहरीलाई उनीहरुको पारिश्रमिकअनुसार ४० प्रतिशत भत्ताको सुविधा दिएको छ । ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका २०७५ अनुसार ट्राफिक प्रहरीमा कार्यरत सिपाही र हवलदारले ४० प्रतिशत भत्ता पाइरहेका छन् । तर स्वास्थ्य सुरक्षाका लागि ट्राफिक प्रहरीको नियमित स्वास्थ्य जाँच गरी प्रदूषणका कारण अस्वस्थ भएकालाई उपयुक्त क्षतिपूर्ति दिनुपर्ने व्यवस्था हुनुपर्छ ।
मेरो अनुभवमा सडकमा अहिले ड्युटी गर्ने ट्राफिक प्रहरीको स्वास्थ्यमा पछि गएर समस्या देखिन्छ । अहिले खेपेको धुवाँ, धुलोले दीर्घकालीन रुपमा उमेर ढल्किँदै गएपछि बिस्तारै बिस्तारै असर गर्छ । त्यसो त काठमाण्डौका धेरै सडक धुलो र धुवाँका साथै पैदलयात्रीमैत्री पनि छैन । त्यसैले ट्राफिक प्रहरी मात्र नभइ सडक छेउछाउ बस्ने जो कोही वातावरण प्रदूषणको शिकार बनेको हुनाले सरकारले प्रदूषण कम गर्नेतर्फ ध्यान दिनैपर्छ ।
पैसा होइन, प्रविधि बढाऔँ
धुँलो, धुँवाका साथै अन्य कार्यालयमाभन्दा बढी समय सेवामा खटिनु पर्ने भएकाले ट्राफिक प्रहरीलाई भत्ताको व्यवस्था गरिएको छ । तर भत्ता दिएर स्वास्थ्य सुरक्षा हुँदैन । स्वास्थ्यभन्दा धन ठूलो होइन ।
कतिपय अवस्थामा सडक विभाग, यातायात व्यवस्था विभाग, सम्बन्धित महानगरपालिका, नगरपालिकाहरुले चासो नदिँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको छ ।
ट्राफिक लाइट प्रर्याप्त मात्रामा नहुनु, सीसी टीभी पर्याप्त नहुनु, ठाउँठाउँमा आकाशे पुल नहुनु, भित्री बाटो र करिडोर सञ्चालनमा आउन नसक्नु ट्राफिक व्यवस्थापनका चुनौती हुन् । त्यसैले ट्राफिक व्यवस्थापन प्रविधिमैत्री नहुँदा पनि ट्राफिक प्रहरीले सास्ती बेहोरिरहनु परेको अवस्था छ ।
ट्राफिक प्रहरीको स्वास्थ्य संवेदनशीलतामा ध्यान राखी ट्राफिक प्रहरीले आफ्नो क्षमतामा विकास गरी डिजिटाइजेशन (प्रविधिकृत) माध्यमद्वारा सवारी साधन र चालकलाई निगरानी गर्ने प्रविधिको विकास गर्नैपर्छ ।
जसले गर्दा ट्राफिक प्रहरीले सडकमा उभिएर आफ्नो इशाराबाट ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता हट्नेछ र ट्राफिक प्रहरीको स्वास्थ्य संवेदनशीलतामा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।