स्टार्टअप कर्जाको लागि १३ सयभन्दा धेरै परियोजना प्रारम्भिक सूचीमा
पुस २२, २०८१ सोमबार
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कतारमा रहेका नेपाली कामदारको तलब सुविधा वृद्धि गर्न आग्रह गर्नुभएको छ ।
नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मदसित मंगलबार भेट गर्दै मन्त्री विष्टले नेपाली श्रमिकको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्नुपर्ने विषयमा जोड दिनुभएको हो ।
भेटमा मन्त्री विष्टले नेपाल सरकारले भर्खरै न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको सन्दर्भ स्मरण गराउनुभयो । सरकारले साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्युनतम पारिश्रमिक बढाएको छ ।
त्यसैगरी मन्त्री विष्टले २४ सै घण्टा कभरेज हुने गरी बीमा सुविधा उपलब्ध गराउन पनि कतारसँग आग्रह गर्नुभएको छ । कतारका रोजगारदाता कम्पनीले अहिलेसम्म काम गर्ने समयको मात्रै बीमा कभरेज हुने प्रावधान राखेको छ ।
काम गरेभन्दा अरु समयमा दुघर्टना वा अन्य भवितव्यमा परे नेपाली कामदारले बीमावापतको क्षतिपूर्ति पाउँदैनन् । भेटमा कतारमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर र सम्भावनाबारे छलफल समेत भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Kuldip kc
July 20, 2018, 2:50 p.m.Qatar midmac contracting company ma karryarat sampurna labour ko masik talab 700 qr xa khana basna aru subida sab thik xa tara nepali labour ko talab kamti xa maina ma 700 qr thappna dainik 11 ghanta time kharchinu parxa raj overseas le yesto salary ma aauna 1 jana barabar 1lakh mathi linxa tara yata company ma vane sab free visa free ticket dinxa
जिबन पाण्डे
July 19, 2018, 5:19 a.m.मैले कतारको राजधानी दोहामा १८/१९ बर्ष देखि एक नाम चलेको कफि सपमा काम गर्दै आएको छु,यहॉ ईजिप्सेनको वाहुल्यता कारण र मेनेजर पनि उहि देशको भएकोले अहिले सम्म कुनै पनि,कतार सरकारले दिएको सेवा सुबिधा उपभोग गर्न कसैले सकेका छैनन।तलब सुबिधा पनि राम्रो छैन,यत्रो साल मैले काम गर्दा जम्मा मलाई २०००/-रियाल दिएको छ।न हप्तामा न महिनामा नत साल भर छुट्टी छ,१२ घण्टा रेगुलर काम गर्नु पर्छ।कुने ओभर टायम हुदैन। बिमारी हुदा बडा कष्टले एक वा बढिमा २ दिन छुट्टी पाईन्छ।औषधी खर्च आधा आफुले बेहोर्नु पर्छ।कसले आएर हेरी दिने हामीलाई,,,???